Loading...
Home / समाचार / नफाल्नुहोस् ! यस्तो छ पाकेको केराको बोक्राको १० फाइदा

नफाल्नुहोस् ! यस्तो छ पाकेको केराको बोक्राको १० फाइदा 0

केरा एउटा यस्तो फल हो जसबाट शारीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स तथा प्रोटिन प्राप्त हुन्छ । मात्रा मिलाएर खान सकियो भने केराले मानिसको तौल बढाउन तथा घटाउन मदत गर्छ । विश्वमा प्रख्यात मध्येको एक फलपनि केरा नै हो । केराको फल खाएपनि बोक्राभने फाल्ने गरिन्छ तर पाकेको केराको बोक्रा पनि फलदायी हुन्छ । के–के गर्न सकिन्छ त केराको बोक्राले ?

१. केराको बोक्रा अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ ।

२ यदि कुनै मानिस तनाबमा छ भने एक गिलास पानीमा सफा केराको बोक्रा भिजाएर खायो भने तनाब कम हुन्छ ।

३. टाइट कपडा लगाउँदा हुने दाग मेटाउन केराको बोक्रा उपयोगी हुन्छ ।

४. घरमा जुत्ताको पोलिस सकिएको छ तर केराको बोक्रा छ भने त्यही बोक्रा दल्दापनि जुत्तामा चमक आउँछ ।

५. कहिलेकाँही भाँडा माझ्दा या कपडा धुँदा पानीको असर देखिन्छ त्यस्तो असर कम गर्न केराको बोक्रा लाभदायक हुन्छ ।

६. केराको बोक्राले दाँतमा घोट्यो भने दाँतको पहेँलोपन हट्छ ।

७. यदि तपाईको शरिरमा मुसा आएको छ भने उक्त मुसा भएको ठाउँमा केराको बोक्रा टेपको सहायताले केहीदिनसम्म टाँस्यो भने मुसा भगाउन सकिन्छ

८. केराको बोक्राले गमलामा सजाइएका केही फुलहरुको पातलाई चमकदार बनाउन सकिन्छ ।

९. बोटबिरुवालाई आवश्यक पर्ने मल बनाउनपनि केराको बोक्रा राम्रो हुन्छ ।

१०. केराको बोक्रालाई अन्य परिकारहरुमा मिसाएर स्वादिलो बनाएर खानपनि सकिन्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites