Loading...
Home / समाचार / ललितपुरमा ‘भूत आतंक’ फैलाउनेलाई कारबाही, को-को परे प्रहरी फन्दामा ?

ललितपुरमा ‘भूत आतंक’ फैलाउनेलाई कारबाही, को-को परे प्रहरी फन्दामा ? 0

ललितपुरको टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि परिवारले कारबाही प्रक्रिया अगाडि बढाएको छ।भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले दैनिक नेपाललाई जानकारी दिए । उनीहरुलाई मंगलबार बेलुका प्रहरीले कार्यालयमा झिकाएको थियो ।‘घटनाबारे मंगलबार बेलुकाबाट सोधपुछ भइरहेको छ’ सिलवालले भने, ‘आज

बुधबार पनि हामीले घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी राखेका छौँ । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’

उनीहरुसँग बयान लिइसकेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मुद्दा अघि बढ्ने सिलवालले बताए ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो ।चर्चामा आउनका लागि उनीहरुले भूत आतंक मच्चाएको पुष्टि भइसकेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites