Loading...
Home / समाचार / विवेक आचार्य सहयोगार्थ भर्जिनियामा ‘ए मेरो हजुर – २’ प्रदर्शन गरिने

विवेक आचार्य सहयोगार्थ भर्जिनियामा ‘ए मेरो हजुर – २’ प्रदर्शन गरिने 0

। विगत एक वर्ष देखि ब्लड क्यान्सरबाट पिडीत दश वर्षे वालक विवेक आचार्यको उपचार सहयोगार्थ अमेरिकाको भर्जिनिया स्थित ल्होमन्स प्लाजा सिनेमा हलमा सुनिल थापा द्धारा निर्मित तथा झरना थापा द्धारा निर्देशित चलचित्र ‘ए मेरो हजुर –२’ प्रदर्शन गरिने भएको छ ।

आँउदो मार्च ४, आइतवार अपरान्ह ३ बजे प्रर्दशन गर्न लागिएको सो नेपाली सिनेमा प्रदर्शनबाट उठेको रकममा खर्च कटाएर बाँकी रहेको रकमको २५ प्रतिशत विवेक आचार्यको उपचार सहयोगको लागि प्रदान गरिने कुरा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाइएको छ ।

सो पत्रकार भेटघाट कार्यक्रममा निर्देशक झरना थापाका अनुसार नेपाल लगायत विदेशका विभिन्न स्थानहरुमा प्रदर्शन गरिएको सो चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएको र एक सफल नेपाली सिनेमा बन्न सकेको छ । युरोपका विभिन्न स्थानहरुमा प्रर्दशन गरेर प्राप्त रकम मध्येबाट तराईमा शीत लहरबाट पिडीतहरुको लागि तथा गायिका परियारकोलागि सहयोग गरिएको र भर्जिनियाबाट वालक विवेकलाई सहयोग गरिने निर्देशक झरनाले बताइन् ।

सोहि कार्यक्रममा सो फिल्मका निर्माता सुनिल थापाले ‘ए मेरो हजुर–२’ ले नेपालका पर्यटकीय स्थलहरुको सिनेमा मार्फत प्रवर्धन गरिएको र एक सफल चलचित्र बनेको बताउँदै सिनेमा प्रदर्शनबाट परोपकारी काममा पनि सकेको सहयोग गर्दै गरेको जनाए । भर्जिनिया पश्चात दुवै मिर्गौला खराव भएर उपचार गराइरहेका नेपाली चलचित्रका प्राविधकलाई सहयोग गर्न कोलोराडोमा पनि प्रदर्शन गरिने जानकारी गराए ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका विवेकको सहयोगको लागि अभियान चलाइ रहेका भर्जिनिया निवासी परशुराम भण्डारीले गो फण्ड मी तथा अन्य व्यक्तिहरुबाट संकलित २०४४ अमेरिकी डलर पठाइसेकेको वताए । भण्डारीका अनुसार इनास अमेरिकाले आयोजना गरेको ओम विक्रम विष्ट सहयोग साँझबाट प्रदान गरिएको रकम मध्ये एक हजार डलर पप सम्राट ओम विक्रम विष्टले विवेक आचार्यको लागि सहयोग गरेको जानकारी गराए ।

चलचित्र प्रदर्शन गराइ विवेकको सहयोगको लागि रकम संकलन गर्ने कार्यमा मानवीय कार्यमा विशेषरुपमा लागिरहने कलाकार किरणप्रताप केसी लगायत इनास अमेरिकाले पनि सहयोग गर्ने जनाएको छ ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा अत्यन्त सफल, मनोरञ्जनात्मक नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ हेर्न आउन र पवित्र मानवीय कार्यमा सहयोग गर्न डिसी महानगर क्षेत्र र यस वरपर वस्ने सबै नेपाली समुदायलाइ आह्वान गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites