Loading...
Home / समाचार / को हुन संसार भर भाइरल यी युवती? (भिडियो)

को हुन संसार भर भाइरल यी युवती? (भिडियो) 0

नेपालमा विभिन्न समयमा विभिन्न कारणले सामाजिक संजालहरुमा केहि न केहि भाइरल भईरहेको हुन्छ।

केहि समय अघि पाकिस्तानका ‘चियावाला’ पनि एकाएक भाइरल भए। त्यसपछि नेपालकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ सामाजिक संजालमा भाइरल भइन। तरकारी बोकेर ल्याउदै गर्दा रुपचन महर्जनले खिचेको त्यो फोटो सामाजिक संजालमा निकै शेयर गरियो।

अहिले सामाजिक संजालमा एउटी युवतीको फोटो छ्यापछ्याप्ती छ। विभिन्न फेसबुक ग्रुप तथा पेजहरुले सो फोटो शेयर गरिरहेका छन। उनि हुन् १९ बर्षिया मलायायम अभिनेत्री प्रिया प्रकाश वारियर।

भारतको केरलामा जन्मिएकी वारियर अहिले सामाजिक संजालमा भाइरल भएकी छिन। उनि अभिनित चलचित्र ओरु आदर लभ चलचित्र यहि मार्चमा रिलिज हुदैछ। सोहि चलचित्रको एक गीतमा उनले दिएको फेसियल एक्सप्रेसनले गर्दा अहिले उनि चर्चाको सिखरमा छिन। हेर्नुहोस भिडियो :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites