Loading...
Home / समाचार / यस्ता छन् भ्यालेन्टाइम डे लक्षित ४ गीत

यस्ता छन् भ्यालेन्टाइम डे लक्षित ४ गीत 0

आज प्रेम दिवस । यो दिनलाई लक्षित गरेर बजारमा थुप्रै गीत संगीत आएका छन् । ति मध्य ४ गीत यस्ता रहेका छन् ।

राजेश पायलको ‘दिलै चोरौला’
काठमाडौं – ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गायक राजेश पायल राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलै चोरौला’ शिर्षकको उक्त प्रेम गति भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो । जीवन शाहीको निर्देशन गतिको भिडियो पनि बनेको छ । भिडियोमा मोडेल तथा नायिका जेबिका राई र कमल सिँहले अभिनय गरेका छन् । गीतमा राजु कार्कीको एरेन्ज र डि आर अटुको संगीत रहेको छ ।

पल शाह र सन्ध्याको रोमान्स
भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत…’ शीर्षकको उक्त गीत भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सुमन केसीको स्वर रहेको गीतमा शंकर थापाको संगीत छ । संगीतकार थापा तथा गायक केसीले शब्द रहेको गीतको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र सन्ध्या केसीको रोमान्स रहेको छ ।

‘साँझ ढली गयो’ गीतमा अन्जु र अनिलको रोमान्स
गायक नरेन्द्र श्रेष्ठको ‘साँझ ढली गयो तिमी नहुँदा, दिल यो बेचैन भयो’ बोलको गीतको भिडियो पनि भ्यालेन्टाइम डेको अवसर पारेर बाहिर आएको छ । बालकृष्ण सजिवको शब्द तथा अनिल शाहीको संगीत रहेको गीतको भिडियोमा अनिल शाही र अञ्जु चौलागाईको रोमान्स देख्न सकिन्छ । शिशिर श्रेष्ठको निर्देशन रहेको भिडियोले आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।
आँचललाई पाउँ भन्दै अनसन बसे पल
सँगसँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्ला पछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् ।
यो कथा गायक शिव परियारको हालै सार्वजनिक गीतको हो । ’हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । ‘शिवालय’ एल्बममा समावेश यस गीतमा नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन्, भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites