Loading...
Home / समाचार / सागर आले मगर, गायिका प्रर्मिला राइ बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सागितिक तिर्सना मेटाउन बहराइन आउँदै ।

सागर आले मगर, गायिका प्रर्मिला राइ बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सागितिक तिर्सना मेटाउन बहराइन आउँदै । 0

२०१८ नेपाल मगर संघ साखा बहराइनको आयोजनामा “३६ औं मगर संघ स्थापना दिवस समारोह तथा साङितिक धमाका -२०१८ ” हुने भएको छ,सो अवसरमा नेपाल आइडलमा सबैको मन जित्न सफल चर्चित गायक सागर आले र गायिका प्रमिला राइले आफ्नो फ्यानहरुलाई धमाकेदार प्रस्तुतिहरु पस्कनु हुनेछ । विशेष गरेर नेपाल मगर संघ बहराइनले आफ्नो भाषा, सस्कृती,रितिरिवाज र पहिचानको उत्थान र सम्बर्द्धनलाइ आत्मसाथ गर्दै, बहराइनमा मात्र हैन नेपालका विभिन्न समस्याहरु बाढीपहिरो लगायत परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक , नैतिक तथा भौतिक सहयोग गरिरहेकोे जगजाहेर छ । आफ्नो कला , सस्कृती र परम्परालाई जिबन्त राख्नको लागि बहराइनमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

बहराइनका सबै संघसस्थाहरु संग हातेमालो गर्दै सहयोग गर्दै आइरहेको सर्बबिदितै छ । यसै सिलसिलामा ,सर्बाधिक चर्चामा रहि देशबिदेश जहासुकै सबैको मनमुटुमा अत्यन्तै लोकप्रिय बन्न सफल, बहुप्रतिभाशाली गायक तथा गायिका, नेपाल आइडल टप-४ सागर आले मगर, एवम् टप-७ मा पर्न सफल गायिका प्रर्मिला राई, अब हामि माझ बहराइनमा आउदै हुनुहुन्छ । उक्त अवसरमा सागर आले र गायिका प्रमिला राइले बहराइनको राजधानीमा अवस्थित डेल्मोन ईन्टरनेशनल होटेल प्राणङ्गणमा आफ्नो फ्यानहरुमाझ विभिन्न साङ्गितिक खुराकहरु पस्कनु हुनेछ । कार्यक्रमको बारेमा कामना न्युजसङ्ग कुरा गर्दै नेपाल मगर संघ बहराइनका तत्काल का.बा अध्यक्ष श्री ज्ञान बहादुर मगरले रोजगारि तथा ब्यबसायको सिलसिलामा बहराइनमा रहनु भएका सम्पुर्ण आप्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सो कार्यक्रममा सहभागी भइ कार्यक्रम भब्यताका साथ सफल पारिदिनु अनुरोध गर्नुभएको छ । सोही अवसरमा मिडियासंग संक्षीप्त कुरा गर्दै कलाकार संयोजक नेपाल मगर संघ बहराइनका सचिव श्री कृष्ण खाम्चा मगर तथा का. बा अध्यक्ष ग्यान बहादुर मगर ले (सङ्युक्त रुपमा)कला गला गित सङ्गीत र कलाकारहरु कुनै एक ब्याक्ती विशेष,जाती, सस्था,वा धर्मको पेवा नभइ,सिङ्गो रास्ट्र अनि हरेक मानबिय जिबनको जिउने सैलिको एक अभिन्न आधार हो।

यहि सन्दर्भलाइ आत्मसाथ गर्दै, हामिले मगर दिवसको अवसर पारेर “कला गलाको सम्मानार्थ: “मगर दिवस समारोह तथा साङ्गितिक धमाका २०१८” कार्यक्रम आयोजना गरेका हौ,यो कार्यक्रम मगर संघ बहराइनको मात्र नभइ सम्पुर्ण बहराइनमा रहनु हुने आप्रबाशी नेपाली दाजुभाइ, दिदिबहिनीहरु लगायत सङ्सार भरिमै रहनुहुने सुभ चिन्तकहरुको आफ्नै कार्यक्रम भएको साथै बिगतमा बहराइनमा हुने कार्यक्रमहरुलाइ जस्तै यस कार्यक्रमलाई पनि भब्य एवं सभ्य रुपमा सफलपार्न बहराइनमा रहनु हुने बुद्धिजीवी,व्यापार ब्याबसायी,समाजसेवी, संघ सस्था,पत्रकार ,कलाकार एवं बिभिन्न मनकारी ब्याक्तिबिशेषहरु लगायत नेपालबाट समेत नैतिक ,भौतिक सामाजिक ,आर्थिक रुपमा सहयोग हुने तथा कार्यक्रम सहप्रायोजन समेत गर्नु हुने भएको जानकारी दिनु भएको छ।

नेपाल आइडलमा हजारौं प्रतिस्पर्धि बाट टप-४ र टप- ७ सम्मको प्रतिस्पर्धामा पुग्न सफल,कला गला र संगीत क्षेत्रमा कम समयमै अलग पहिचान बनाउन सफल बहु प्रतिभासाली गायक सागर आले मगर,एवं गायिका प्रर्मिला राइ लाई यसपटक भने आफ्ना निकट फ्यानहरु तथा बहराइनबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुले, टेलिभिजन पर्दा, युटुब च्यानल र फेसबुक वालमा नभइ प्रत्यक्ष रूपमा आफ्नै आँखा सामु उहाँहरुको प्रस्तुति हेर्न अवसर पाउनुहुनेछ। उक्त कार्यक्रममा बहराइनमा भएका नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी आयोजकले दिनुभएको छ । आयोजक नेपाल मगर संघ बहराइनले ,बहराइनबासी सम्पूर्ण नेपाली जनसमुदायका,बरिस्ठ समाजसेवी, बुद्धिजिबि, ब्यबसायी, पत्रकार, तथा कलाकारहरु लगायत, सम्पुर्ण सुभचिन्तक ज्युहरुलाई सो कार्यक्रम भब्य रुपमा सफल पार्न ,नेपाल मगर संघ बहराइनको तर्फबाट सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ । कार्यक्रम हुने मिति , समय र स्थान प्रवेश शुल्क बिडी ५/- मिति :- २ मार्च २०१८ स्थान :- डेल्मोन ईन्टरनेशनल होटल मनमा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites