Loading...
Home / समाचार / प्रेम दिवस शहरमा भनेजस्तो ‘डेटिङ स्पट’नभएर यसरी भीरपाखा तिर हानिए प्रेम जोडी

प्रेम दिवस शहरमा भनेजस्तो ‘डेटिङ स्पट’नभएर यसरी भीरपाखा तिर हानिए प्रेम जोडी 0

आज प्रेम दिवस मायालु जोडीहरु रमायदै छन् । हरिवंश आचार्यले गाएजस्तै हविगत छ, प्रेमजोडीको । सार्वजनिक बसको लास्ट सिटमा मायालु जोडी प्रेममा लिप्त भेटिन्छन् । कतिचाहीं सडक किनारमा बाइक राखेर उन्मुक्त माया साटिरहेका हुन्छन् । देख्नेहरु भन्छन्, ‘छया् कस्तो छाडा केटाकेटी, कस्तो उच्छृंखल यसो भन्नेलाई के थाहा, प्रेम अब उनीहरुको पालाको जस्तो रहेन भनेर । आँखीझ्यालबाट डराई डराई चियाएर पल्लोघरको कौसीमा घाम तापिरहेकी मायालुलाई खुसुक्क हेरेर मनमनै रमाउने जमाना उहिल्यै गइसक्यो । र, आइसक्यो जमाना, साइबर लभको । आइसक्यो, जमानामा च्याटिङ र डेटिङको ।

तैपनि, नव यौवनाबीचको लभ, रोमान्स र डेटिङलाई समाजले अझै पचाउन सकेको छैन । खुल्लमखुला प्रेम गर्नु, माया पोख्नु र रोमान्स गर्नुलाई ‘छाडापन’को संज्ञा दिइन्छ ।हरेकले यौवनकालबाट गुज्रिनुपर्छ र प्रेमको अनुभवबाटै गुज्रिनुपर्छ । प्रेमका महान व्याख्याता ओशो ९आचार्य रजनीश०ले भनेका छन्, ‘समस्त जीवनको केन्द्रमा एकै प्यास छ । त्यो हो प्रेम ।’ प्रेमलाई उनले चेतनाको एक अवस्था मानेका छन् । भनेका छन्, ‘प्रेम स्टेट अफ माइन्ड हो । स्टेट अफ कन्ससनेस हो ।’ हामीचाहीं भन्छौं, ‘प्रेम छाडापन हो ।’

प्रेमप्रतिको बुझाइ र सोचाइ नै कमसल भएर होला, हामीकहाँ प्रेम साट्ने ठाउँ छैन । अर्थात्, डेटिङ डेस्टिनेसन । कस्तो विडम्बना, शहरमा सृष्टीको अनुपम वरदान प्रेम साट्ने ठाउँ नै छैन ।एक पटक काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले डेटिङ स्पटको परिकल्पना गरेका थिए । उनले नागार्जुनको जंगललाई ‘लभर्स पार्क’ बनाउने, सुन्धारामा धरहरा आसपासको क्षेत्रमा नाइट क्लब र डेटिङ स्पट बनाउने योजना चुहाएका थिए ।प्रेमिल जोडीहरु प्रेममा उन्मुक्त बहकिने यस्ता अन्य केही स्थानको खोजीमा पनि थिए । तर, धेरैले उनको कुरा पत्याएनन् । नपत्याएका मात्र होइनन्, हावामा उडाइदिए ।हरिया बगैंचा । रुखका बुट्याउनहरु । हावामा बयेली खेलिरहेका फूलहरु । कलकल पानीमा पौडिरहेका माछाहरु । भुर्र-भुर्र उडिरहेका चराहरु । अनि, बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु ।संभवत स्थापितको दिमागमा यस्तै ‘डेटिङ स्पट’ फुरेको थियो । तत्कालीन काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तको हैसियतमा उनले देखेको त्यो सपनाले मूर्त रुप पाएन ।साँघुरिदै माया साट्ने ठाउँकेही वर्षअघि राजधानीका मन्दिर परिसरबाट दर्जनौं जोडी समातिए । पशुपतिनाथलगायत मन्दिरआसपास लुकीछिपी प्रेम साटिरहेका जोडी प्रहरीको फन्दामा परे । त्यो पनि ‘भ्यालेन्टाइन डे’मै ।जसै प्रेम जोडी मन्दिरबाट समातिए, त्यसको पक्ष र विपक्षमा बहस चर्कियो । कतिले त्यसलाई ‘अपराध’ भनी सदर गरिदिए । कतिले उन्मुक्त प्रेममा हस्तक्षेप भएको टिप्पणी गरे । जे भए पनि त्यो डेटिङ डेस्टिनेसन अभावले जन्माएको समस्या थियो ।हो, धेरै जोडीले अहिले मन्दिर परिसरलाई डेटिङ स्पट बनाएका छन् । दुनियाँको आँखा छल्दै उनीहरु मन्दिरको आडमा बसेर प्रेममा लिप्त भइरहेका हुन्छन् ।कतिका लागि सिनेमा घर पनि डेटिङ डेस्टिनेसन बनेको छ । फिल्म हेर्ने बहानामा हल पुगेका उनीहरु आपसमा प्रेम साट्न हतारिरहेका हुन्छन् । साझा बस, मन्दिर, सिनेमाघरदेखि कफी सपसम्म प्रेमिल जोडीले आफ्नो अड्डा बनाउँदै आएका छन् । तर, बाग्लो चहलपहल हुने, कोलाहाल र भीडभाडमा जिन्दगीका मिठा- मिठा बात मार्ने कसरी?

राजधानीमा केही स्थान छन्, जसलाई प्रेम जोडीले आफ्नो कब्जामा राखेका छन् । यद्यपि, त्यहाँ पनि उनीहरु सुरक्षित र उन्मुक्त भने छैनन् । बेलाबखत उनीहरुमाथि प्रहरीको दृष्टि परिहाल्छ ।प्रेम जोडीहरु यस्तो ठाउँको खोजीमा हुन्छन्, जहाँ निस्फिक्री प्रेम साट्न पाइयोस् । कुनै बाधा अड्चन नहोस् । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न पाइयोस् ।तर, शहरको भीडभाड, अस्तव्यस्त चहलपहल, कोलाहाल, धुवाँ-धूलो र चर्को ध्वनीले प्रेम जोडीको एकान्त भंग गरिदिएको छ ।राजधानीको मध्यतिर एउटा पार्क छ । प्रदर्शनी मार्गसँगै जोडिएको उक्त पार्कमा प्रेम जोडी पुग्ने गर्छन् । महाराजगञ्ज नजिकैको शंखपार्क, केशरमहलको गार्डेन अफ ड्रिम स्वप्न बगैंचा, यूएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैंचा, गोदावरीजस्ता केही स्टेसन छन्, जहाँ प्रेम साट्नेहरु पुग्ने गर्छन् ।केशरमहल हुँदै ठमेल प्रवेश गर्ने मोडबाट बायाँ मोडिएपछि भेटिन्छ, गार्डेन अफ ड्रिम्स । करिब एक शताब्दीअघि केशरसमशेरले निर्माण गरेको स्वप्न बगैंचा राजधानीका प्रेमजोडीले खोजेजस्तै डेटिङ डेस्टिनेसन हो ।बगैंचामा हरिया चौर, फूलहरु, स साना बुट्याउनहरु छन् । कृत्रिम पोखरीमा रंगबिरंगी माछाहरु सल्बलाइरहेको देखिन्छ । ठाउँ ठाउँमा चौतारो । बिहान १० देखि राति १० बजेसम्म खुला हुने यो बगैंचामा प्रवेशका लागि भने शुल्क तिर्नुपर्छ, प्रतिव्यक्ति सय रुपैयाँ ।राजधानीमा अरु थुप्रै पार्क छन् । यद्यपि, ती पार्कहरु व्यवस्थित र सुरक्षित छैनन् ।काठमाडौंका पूर्वमेयर केशव स्थापितले नागार्जुनको जंगललाई ‘लभर्स पार्क’ बनाउने, सुन्धारामा धरहरा आसपासको क्षेत्रमा नाइट क्लब र डेटिङ स्पट बनाउने योजना चुहाएका थिए ।
अघोषित डेटिङ स्पट

जावलाखेलस्थित सदर चिडियाखाना खासमा थरीथरीका वन्यजन्तु अवलोकनका लागि संरक्षित क्षेत्र हो । तर, त्यस परिसरलाई ‘अघोषित डेटिङ स्पट’ भन्दा फरक नपर्ला ।जुद्धसमशेरको पालामा बनेको चिडियाखाना र आसपासका बगैंचा प्रेम जोडीका निम्ति सुरक्षित गन्तव्य बनेका छन् । निश्चित शुल्क तिरेपछि प्रवेश पाइने चिडियाखानमा लुकीछिपी प्रेम साट्ने अनुकुलता मिल्छ ।राजधानी खाल्डोबाट केही माथि उक्लिएपछि भेटिने थानकोटको त्रिभूवन पार्क त डेटिङका लागि भरपर्दो स्थान नै हो । त्यहाँको हरियाली, एकान्त वातावरण, प्राकृतिक सौन्दर्यले प्रेममैत्री बनाएको छ ।प्रेम जोडीका निम्ति अर्को सुरक्षित गन्तव्य हो, गोदावरीस्थित बोटानिकल गार्डेन । जंगलले घेरिएको यो बगैंचामा उनीहरु उन्मुक्त रमाउन सक्छन् ।कुनैबेला नेपाली फिल्मको क्लाइमेक्स चोभारको डाँडामा पुगेर इन्डिङ हुन्थ्यो । अहिले त्यस आसपासको क्षेत्र प्रेमको उत्कर्षमा पुग्नेहरुको गन्तव्य बनेको छ । बाइकमा हुइँकिँदै कति प्रेमजोडी चोभार डाँडामा पुग्छन् र उन्मुक्त प्रेमालाप गर्छन् । नगरकोट र धुलिखेलको सौन्दर्यले पनि प्रेमजोडीलाई आमन्त्रण गरिरहेको छ ।प्रेम साट्न मठमन्दिरमातन्नेरीहरु मठमन्दिर पनि धाउने गर्छन् । भक्ति दर्शनले तानिएर होइन, प्रेम साट्ने सुरक्षित क्षेत्रको खोजी गर्दै । शहरीया तन्नेरीहरु मन्दिरको आडमा बसेर आपसमा प्रेमलाप गरिरहेका भेटिन्छन् ।भक्तपुर दरबार स्क्वायर होस् वा नजिकैको सिद्धपोखरी, जोडीहरु प्रशस्तै भेटिन्छन् । यस्तै, पशुपतिनाथ, स्वयम्भु, बौद्धनाथजस्ता मठ मन्दिरलाई युगल जोडीले डेटिङ पोइन्टमा रुपान्तरण गरिरहेका छन् ।

राजधानी बाहिरका ‘हट स्पट’

पोखरा, प्राकृतिक रमणीयताले भरिपूर्ण शहर । यही शहरका थुप्रै स्पट छन्, जहाँ तन्नेरीहरु डेटिङ जान्छन् । त्यसमध्ये पनि वेगनास तालमा रमाउने प्रेमजोडी बग्रेल्ती देखिन्छन् ।यस्तै, धरानबाट पहाडतिर उक्लिएपछि भेटिने भेडेटार प्रेमजोडीको रोज्जा डेटिङ स्पट हो । तराईको गर्मी छल्न मात्र होइन, प्रेमको तिर्खा मेट्न पनि थुप्रै तन्नेरी भेडेटार पुग्छन् । आसपासमा देखिने हिम शृंखला, पूर्वपश्चिम फैलिएको चारकोसे झाडी, तराईका सुन्दर फाँट र गोधुली साँझको मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ ।राप्ती किनारबाट सूर्यास्तको दृश्य नियाल्दै प्रेम साट्न सौराहा पुग्ने जोडीहरु पनि प्रशस्तै हुन्छन् । तन्नेरीका लागि लोभलाग्दो लभ पोइन्ट हो यो । राप्ती किनारमा कुम जोडेर प्रेमलाप गरिरहेका दृश्य नौलो लाग्न छाडिसकेको छ ।इलामको कन्याम पनि अघोषित डेटिङ डेस्टिनेसन हो । चियाको बुट्यानमा लुकामारी खेल्दै प्रेम साट्न प्रेमजोडीहरु कन्याम पुग्ने गर्छन् । थुम्का थुम्कीमा लगाइएको कलकलाउँदो चिया बगान, निरन्तर बहकिने शीतल हावा अनि हावाको झोंका ठोक्किएर सल्लाका रुखबाट निस्कने एकनासको आवाजले प्रेममय मनमा थप रौनकता भरिदिन्छ ।तराईमा डेटिङ स्पटका रुपमा हिजोआज पनि प्रेमजोडी खेत-खलिहान या नदी किनारतिर जान छाडेका छैनन् । कोही ‘गन्नाको खेत’को बीचमा छेलिएर प्रेम साटिरहेका हुन्छन् भने कोही खेतको ढिकमुन्तिर बसिरहेका हुन्छन् । अनि कोही नदी किनारमा ।बुटवलका प्रेम जोडी तिनाऊपारिको मणि मुकुन्द सेनको दरबार फुलबारी पार्क०मा रमाइरहेका भेटिन्छन् । कोही भने चिडिया खोलापारि सिद्धबाबा मन्दिर वरिपरि घुमिरहेका हुन्छन् । इटहरीमा खुशीयाली इटहरीका प्रेम जोडीमा भने यतिबेला हर्षोल्लास छाएको छ । किनभने, त्यस क्षेत्रबाट डेटिङ स्पटका पक्षपाती नेता सर्वध्वज साँवा विजयी भएका छन् । सुनसरी २ को ‘क’बाट विजयी साँवाले इटहरीको चारैतिर आकाशे पुल बनाउने र त्यसलाई युवा(युवतीको डेटिङ स्पट बनाउने घोषणा गरेका थिए ।‘हामी इटहरीलाई आहा इटहरी बनाउन चाहन्छौं,’ साँवाले चुनावी सभामा भनेका थिए, ‘अहिले हामी गोर्खा डिपार्टमेन्ट अगाडि आइज न भन्छौं, अब आकाशे पुलमा आइज भन्छौं र त्यहीं सेल्फी खिच्छौं ।’साँवाको ‘आहा इटहरी’ अवधारणाभित्र लभर्स पार्क र डेटिङ स्पटलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites