Loading...
Home / समाचार / गर्भवती छु भन्दै राति लिफ्ट मागेकी महिलालाई कारमा लिफ्ट दिदा भयो यस्तो पछुतो !

गर्भवती छु भन्दै राति लिफ्ट मागेकी महिलालाई कारमा लिफ्ट दिदा भयो यस्तो पछुतो ! 0

आफू गर्भवती भएको भन्दै राति सहयोग मागेकी एक महिलालाई कारमा लिफ्ट दिदा होटल रेडिसनबाट घर फर्किन लागेका दुई व्यक्ति पछुतोमा परेका छन्।

साथीको जन्मदिन पार्टीमा रेडिसन होटल पुगेका दुई व्यक्तिसँग घर फर्किने क्रममा एक महिलाले आफू गर्भवती भएको भन्दै लिफ्ट दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्।

यो घटना भारतको मध्यप्रदेशस्थित इन्दौर भन्ने स्थानको हो। लिफ्ट मागेकी महिलाले दुई जनालाई आफ्नो घरसम्म लगेकी थिइन्। घरमा पुगेपछि ती महिलाले अन्य व्यक्ति बोलाएर उनीहरुसँग मिलेर सहयोग गर्ने व्यक्तिलाई कुटपिट गरी लुट्पाट गरेकी थिइन्। जन्मदिन पार्टीबाट घर फर्किन लागेका दुई व्यक्तिका साथबाट उनीहरुले ६० हजार नगत र गरगहना लुटपाट गरेका थिए।

प्रहरीले साढे तीन घण्टामै लुटपाटको खुलासा गरेको थियो। नजिकै राखिएको भिडियो क्यामेराको फुटेजबाट प्रहरीलाई लुटेराको खोजी गर्न सजिलो भएको थियो।

प्रहरीका अनुसार यो घटना बुधबार राति ३ः४५ बजेतिरको हो। पीडित दुई व्यक्ति मध्ये एक जना सुन व्यापारी हुन भने एक शिक्षक हुन्। प्रहरीले लुटपाटमा संलग्न महिलासहित ३ जनालाई पक्राउ गरेको छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites