Loading...
Home / समाचार / भ्यालेन्टाइन डे मा हात्तीहरुलाई वनभोज

भ्यालेन्टाइन डे मा हात्तीहरुलाई वनभोज 0

चितवनको सौराहामा जारी १२ औं सौराहा फुड फेस्टिबलको अवसरमा हात्तीहरुलाई वनभोज खुवाइएको छ ।

प्रणय दिवस अर्थात भ्यालेन्टायन डे को अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा जारी सौराहा फुड फेस्टिबलमा बुधबार ६५ वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

खाना महोत्सवमा यस वर्ष नयाँ आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको हो । हात्तीहरुलाई उखु, खिर, फलफुल, तरकारी लगायतको खानेकुराहरु खुवाइएको थियो ।

फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको संमन्वयमा प्रेम दिवसको दिनमा हात्तीहरुलाई वनभोज खुवाइएको हो  ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites