Loading...
Home / समाचार / ‘भ्यालेन्टाइन डे’मा सन्ध्या केसीसँग रोमान्स गर्दा भेटिए पल शाह (भिडियोसहित)

‘भ्यालेन्टाइन डे’मा सन्ध्या केसीसँग रोमान्स गर्दा भेटिए पल शाह (भिडियोसहित) 0

पल शाह ‘भ्यालेन्टाइन डे’ मा मोडल सन्ध्या केसीसँग रोमान्स गरेको अवस्थामा फेला परेका छन्। गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुमा बनेको आधुनिक गीत आदतमा सन्ध्या र पलको रोमान्सलाई देख्न सकिन्छ।

भ्यालेन्टाइन डे को अवसर पारेर हिजो सार्वजनिक भएको उक्त लभ सङमा गायक सुमन केसीले स्वर दिएका छन्। शंकर थापाको संगीत निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलार्य उदयराज पौडेलले संयोजक हुन्।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा पल शाह । सन्ध्या केसीले रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतको भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट सार्वजनिक गरिएको हो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites