Loading...
Home / समाचार / सिड्नीमा भ्यालेन्टाईन बिशेष ‘प्रेम गीत २’

सिड्नीमा भ्यालेन्टाईन बिशेष ‘प्रेम गीत २’ 0

म दिवस अर्थात् भ्यालेन्टाईन डे प्रेमी-प्रेमीका र बैबाहिक बन्धनमा बाँधिएकाहरुका लागि बिशेष दिनका रुपमा लिने गरिन्छ । पश्चिमी संस्कृति भए पनि यसको प्रभाब नेपालमा राम्रै संग लागेको छ । यसो त अमेरिका,अष्ट्रेलिया लगायतका बिकसित देशहरुमा बस्ने नेपाली समुदायहरुमा भ्यालेन्टाईन डेको प्रभाब अंग्रेजी रहनसहका कारण राम्रै संग मनाईने गरिएको छ ।भ्यालेन्टाईन डेका अबसरमा बिभिन्न ईभेन्टहरु हुने गरेका छन् ।

यसै क्रममा सिड्नीमा भ्यालेन्टाईन बिशेषका रुपमा लभ स्टोरी जनराको फिल्म प्रेम गीत २ प्रदर्शन हुने भएको छ । गत ३ फ्रेब्रुअरीमा फिल्मको पहिलो शो सिड्नीमा नै नेपाली फिल्मको रेकर्ड राख्ने किसिमको हाउसफुल भएको थियो । भ्यालेन्टाईन डेमा हुने बिशेष शोका लागि नेपाल बाट नायिका अश्लेशा ठकुरी सिड्नी आईसकेकी छिन् । कलिउड क्लबले आयोजना गरेको रेड कार्पेट सोमा नायिका अश्लेशा संग सिड्नीका दर्शकहरुले नायिका संग फिल्म हेर्ने भएका छन् । शोका लागि २५ डलरको टिकट राखिएको छ । एक दर्शकले लक्की ड्र बाट नायिका संग डिनर डेटमा जान पाउने आयोजकले जानकारी गराएको छ । भ्यालेन्टाईन डेको बिशेष शोमा नेपाल बाट अष्ट्रेलिया घुम्न आएका अभिभाबकहरुलाई भने निःशुल्क फिल्म हेर्ने ब्यबस्था गरिएको छ । सिड्नीका दर्सकहरु संग बसेर फिल्म हेर्न आतुर रहेको नायिका ठकुरीले प्रतिकृया दिएकी छिन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites