Loading...
Home / समाचार / आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू : उपाधिका लागि नेपाल आज युएईसँग भिड्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू : उपाधिका लागि नेपाल आज युएईसँग भिड्दै 0

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपाल आज युएईसँग भिड्दैछ।

खेल नामिबियाको विण्डहकस्थित वन्डरर्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। यसअघि पनि नेपालले युएईसँग खेलिसकेको छ। यसअघि लिग चरण अन्तर्गतको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

दुबै टीमले शिर्ष २ मा स्थान बनाउँदै विश्वकपको यात्रा सुरक्षित बनाएका छन्। बुधबार नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको हो।  त्यस्तै पनि युएईले नामिबियालाई १७ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो।

युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो।

आज नेपालले युइईलाई पराजित गरे च्याम्पियन मात्र हैन विश्वकप छनोटमा कठिन टिमसँग खेल्न पाउने छन्। जिम्वावेमा मार्च ४ तारिखबाट हुने विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, हङकङ, नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एक अर्कासँग १(१ खेल खेल्नेछन्। त्यसपछि दुवै समूहबाट उत्कृष्ट तीनमा स्थान बनाउने टिम सुपर(६ चरण खेल्न जोडिदै फाइनल पुग्ने उत्कृस्ट २ टिमले विश्वकप २०१९ खेल्न पाउने छन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites