Loading...
Home / समाचार / करण केसीको सनसनीपूर्ण ब्याटिङले ड्रेसिङ रूममा खुसीको बर्षा (भिडियो)

करण केसीको सनसनीपूर्ण ब्याटिङले ड्रेसिङ रूममा खुसीको बर्षा (भिडियो) 0

खेलमा हार जितको टुंगो हुँदैन भन्ने प्रमाणित हिजो क्यानडासँगको नेपालको खेलमा भयो । लगालग विकेट गुमेपछि नेपालको जित्ने संभावना समाप्त भएको भनेर शुभेच्छुक धेरै निरास भैसकेका थिए । ब्याटिङ अडरका खेलाडिले गर्न नसकेको चमत्कार बलरका जिम्मामा आयो । नभन्दै दशौं नम्बरका ब्याट्सम्यान करण केसीले हिम्मतका साथ त्यो जिम्मेवारी पूरा गरे ।

उनै करण ले क्यानडा विरुद्धको खेल जिताएपछि नेपाल डिभिजन दुईको शीर्ष स्थानमा रहदै नेपालका लागि विश्वकप छनोट खेल्ने ढोका खुलेको छ ।

क्यानडा विरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालका लागि जित दिलाउन करण केसीले बर्षाएको छक्का र चौका रामवाण नै बन्यो

करणले ३१ बलमा ४२ रन जोड्दै अन्तिम बलमा जित निकालेका हुन् । यो जितसँगै नेपाल विश्वकप छनोट खेलमा प्रवेश गरेको छ ।

जब नेपालको नसोचेको जित मिल्यो ड्रेसिङ रुममा नेपाली टोलीको खुसी यसरी पोखियो ।

भिडियोः

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites