गायक सुरज आचार्य को बाजाको तालैमा बजारमा

गायक सुरज आचार्य को बाजाको तालैमा बजारमा

सञ्चारकर्मी तथा लोक गायक सुरज आचार्यको ‘बाजाको तालैमा’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ । आचार्यले गायिका देवि घर्तीको स्वरमा साथ दिएकी छन् । ऋषि खड्काको लय र रामजी पौडेलको शब्दमा तयार पारिएको गीतमा नेपाली संस्कृति अनुसार बिहेको परिवेश झल्काइएको छ । गीतको छायांकन स्याङजा गरिएको थियो । गीतलाई डिजिटल स्टारले बजार व्यवस्थापन गरेको हो । तारानाथ आचार्यको निर्देशनमा तयार भएको भिडियोमा ड्रोनको प्रयोग गरिएको छ । भिडियोमा विकास नेपाली र मोना थापाले अभिनय गरेका छन् । आचार्यको यसअघि ‘अन्त कतै नजर लाइननी, आमा, माया बस्यो झ्याप्पै’ लगायतका गीत बजारमा ल्याईसकेको छन् । आचार्य राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समन्वय समिति स्याङजाका सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *