Loading...
Home / समाचार / प्रियंकाको हत्या कि आत्महत्या, प्रहरीले आयोगलाई वयान दिन किन मानेन ?

प्रियंकाको हत्या कि आत्महत्या, प्रहरीले आयोगलाई वयान दिन किन मानेन ? 0

सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ ।

विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विबरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए ।

आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । हिरासत अनुगमन पछि आयोगको अधिकृतले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत बयान दिन मानेनन् ।

उनले मानवअधिकार अधिकृत समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान मै बसे । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे नया पत्रिकालाई समेत बताउन चाहेनन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites