Loading...
Home / भिडिओ / एक करोड एमजीमा किनियो ‘बागी २’को वितरण अधिकार

एक करोड एमजीमा किनियो ‘बागी २’को वितरण अधिकार 0

शुक्रबार रिलिज हुने बलिउड अभिनेता टाइगर श्राफ अभिनित ‘बागी २’लाई पनि नेपाल वितरकले महँगो रकम तिरेका छन्। गोपीकृष्ण इन्टरटेन्मेन्टले नेपाल वितरणका लागि एक करोड नेपाली रूपैयाँ  तिरेको बताएको छ।

इन्टरटेन्मेन्टका प्रमुख निरज पौडेलले एक करोड रूपैयाँ मिनिमम ग्यारेन्टी (एमजी)मा किनेको बताएका हुन्।

‘यस सर्त अन्तरगत हामीले फिल्म चलेपनि नचलेपनि उताका निर्मातालाई एक करोड तिर्नुपर्छ’, उनले भने, ‘त्यसपछिको मुनाफा भने आधा-आधा बाढ्ने सहमतीमा फिल्म ल्याएका छौं।’ टाइगरको फिल्मलाई हालसम्म तिरियोको यो रकम नै सर्वाधिक हो। पौडेलले नेपाली दर्शकमा फिल्मको बारेमा गतिलै चासो रहेकाले उक्त रकम तिरेको बताए।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites