Loading...
Home / रोचक / विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड,भारतभन्दा नेपाल अगाडि

विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड,भारतभन्दा नेपाल अगाडि 0

संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ । सर्वेक्षणका अनुसार अहिले विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड रहेको छ ।

जनताको आय, स्वतन्त्रता, विश्वास, सुरक्षा, स्वास्थ्य जीवनको सम्भाव्यता, सामाजिक सहकारिता र उदारतालाई हेरेर गरिएको अध्ययनका आधारमा वर्ष वर्षमा यस्तो सूची तयार पार्ने गरिएको छ । शीर्ष स्थानमा पर्ने अन्य मुलुकहरुमा भने डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड रहेका छन् । पहिलो स्थानमा रहेको फिनल्यान्डमा आप्रवासीहरु समेत विश्वभरमै सबैभन्दा खुसी अवस्थामा रहेको पाइएको विशेष रिपोर्टले जनाएको हो ।

त्यसैगरी छैठौँ स्थानमा नेदरल्यान्ड रहेको छ भने यसको पछि क्यानडा, न्युजिल्यान्ड, स्वीडेन र अस्ट्रेलिया रहेका छन् ।रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल चाहिँ ९९ औँ स्थानमा रहेको छ । पछिल्लो वर्ष ११८ औँ स्थानमा रहेको भारत यसवर्ष झन तल झर्दै १२२ नम्बरमा नेपालभन्दा धेरै पछाडि पुगेको हो ।
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites