आफैलाई मट्टितेल खन्याएकी पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

आफैलाई मट्टितेल खन्याएकी पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

सप्तरी । सँगै जीउने सँगै मर्ने कसम खाएका श्रीमानले कहिल्यै माया गरेनन् । न त सासू-ससुराकै माया पाइन् । माइती घरमा त राम्रोसँग हुर्कनसमेत नपाई अन्माइएकी उनले श्रीमानको घरमा दासीको जीवन बिताइन् । पिरलो यतिसम्म भयो उनले मर्ने निर्णय गरिन् । मर्न भनेर आफ्नो शरीरमा आफैंले आगो लगाएकी उनी बाँच्न त सफल भइन् तर, त्यत्ति राम्रो अनुहार भने आफैं गुमाइन् । ‘त्यत्रो गाली, बेइज्जती र कुटपिट सहन नसकेर आफैं जीउमा आगो लगाएँ’ उनी भन्छिन्, ‘बाँच्न त बाँचे, तर अहिले कतैको छुइनँ ।’ उनी हुन् बिष्णुपुर गाउँपालिका जमुनी मधेपुराकी पार्वती दास । अहिले ३४ बर्षमा रहेकी उनको १२ बर्षकै उमेरमा विवाह भयो । त्यसबेला उनी कक्षा ५ उत्तीर्ण गरी ६ मा पुगेकी थिइन् । गाउँकै शम्भु दाससँग २०५५ सालमा उनको विवाह भयो । ‘विवाह गर्ने मन छँदैथिएन, पढ्ने मन थियो’ विगत सम्भिmदैं उनले भनिन्, ‘आमाबुवाले गरेको निर्णय मान्नैपर्ने भएकाले विवाह गरेँ ।’ बिहेपछि पढाइ छाडेर श्रीमानको घर सम्हाल्न बाध्य भइन् । ‘अहिले जस्तो बालअधिकारका कुरा नभएका कारण मेरो विवाह सानै उमेरमा नहोस् भन्न खोज्ने कोही देखिएनन्’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘मलाई त जन्म दिनेले नै यस्तो दलदलमा फस्न बाध्य पारे । अब यस्तो बाध्यता कसैलाई नहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *