Loading...
Home / स्वास्थ्य / खुर्सानीको प्रयोग गरेर कसरी मिठो दही जमाउने ? जान्नुहोस्

खुर्सानीको प्रयोग गरेर कसरी मिठो दही जमाउने ? जान्नुहोस् 0

तपार्इलाई दही एकदमै मन पर्छ तर तपार्इ घरमा दही जमाउन चाहेर पनि बजारको डेरीबाट किनेर ल्याएजस्तो दही जमाउन सक्नुभएको छैन भने यस्तो गर्न सक्नुहुन्छ ।

दहीबाट दही जमाउने
यो दही जमाउने पपुरानो तरिका हो । यसको लागि सुरुमा दहीलाई उमाल्नु पर्छ र एकछिनको लागि छोडिदिनुपर्छ । दूध हल्का मनतातो भएपछि त्यसमा २ चम्चा दही राख्नुपर्छ ।

दही राखिसकेपछि त्यसलाई राम्रोसंग फिटेर मिसाउनुपर्छ । यसरी मिसाइसकेपछी त्यसलाई ३(४ घण्टाको लागि छोडिदिनुपर्छ । दही जमिसकेपछी त्यसलाई अझै सारो बनाउन फ्रीजमा पनि रख्न सक्नुहुन्छ ।

माइक्रोवेव ओवनमा दही जमाउने
यदि तपाई चाडै दही जमाउन चाहनुहुन्छ भने मन्द तातो दूधलाइ दहीको तर लगाएर तयार गरेर राख्ने । त्यसपछि माइक्रोवेवलाई १८० डिग्री तापमानमा दूइ मिनेट सम्म प्री हिट गरेर स्विच अफ गर्ने र दूधको भाडालाई राखेर तिन चार घण्टको लागि छोडिदिने । तपाइ श्वादिष्ट दही पाउनु हुन्छ ।

खुर्सानी राखेर दही जमाउने
खुर्सानी को सहायताले पनि तपार्इ दही जमाउन सक्नुहुन्छ । यसको लागि रातो खुर्सानीको आवश्यकता पर्दछ । आधा लिटर दूधलाई उमाल्ने र त्यसलाई मन्द तातो हुनसम्म छोडिदिनुपर्छ । जब दूध मन्द तातो हुन्छ त्यसमा ३/ ४ वटा डाठ सहितको रातो खुर्सानी राखेर छोपिदिने । रातो खुर्सानीमा ल्यक्टोबेसिलस ब्याक्टेरिया हुन्छ जसले दूधलाई दही बन्नमा मदत गर्दछ र दहीलाई गाढा पनि बनाउदछ । याद राख्नुस ,दही जमाउदा दूध धेरै तातो र धेरै चिसो हुनुहुदैन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites