Loading...
Home / समाचार / हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी एक पर्यटकको मृत्यु

हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी एक पर्यटकको मृत्यु 0

धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो ।

गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

१५ जनाको टिमसहित हिमाल आरोहणमा गएका तेर्रा टोलीबाट छुट्टिएर एक्लै हिँडेका बेला मृत्यु भएको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites