Loading...
Home / स्वास्थ्य / शरीरलाई क्यान्सर प्रतिरोधी बनाउन खानुस यस्ता खानेकुरा

शरीरलाई क्यान्सर प्रतिरोधी बनाउन खानुस यस्ता खानेकुरा 0

क्यान्सर आफैमा भयावह रोग हो । यो रोगको कारण दिनदिनै हजारौंले ज्यान गुमाइरहेका हुन्छन्, त्यो पनि अत्यान्तै पीडादायक ढंगले ।

त्यसैले क्यान्सर रोगको नाम सुन्नसाथ हामी डराउँछौं । क्यान्सरको उपचार जटिल र महंगो हुन्छ । कतिपय अवस्थामा त असंभव पनि । अप्ठ्यारो त के भने, सुरुवाती अवस्थामा क्यान्सर रोग लागेको थाहा हुँदैन । जतिबेला थाहा हुन्छ, उपचार ढिलो भइसकेको हुन्छ । त्यसैले हामी सधै आफ्नो शारीरिक अवस्था र परिवर्तनप्रति सधै चनाखो हुनुपर्छ ताकि क्यान्सरले गाँज्न नपाओस् ।

क्यान्सर अनेक कारणले लाग्छ । कतिलाई यो जन्मजात पनि लाग्न सक्छ भने कतिलाई वंशानुगत रुपमा । कतिलाई आफ्नै शरीरको घाउ, रोगले क्यान्सरग्रस्त बनाउँछ भने, कतिलाई वाहिरी हावापानीले पनि । घामको विकिरण, धूलो-धुँवा आदि समेत क्यान्सरको कारण बन्ने गरेको छ ।

हामी सधै क्यान्सरको जोखिममा हुन्छौं । त्यसैले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउनेबारे खानपानदेखि जीवनशैलीसम्ममा ध्यान दिनुपर्छ ।

वास्तवमा स्वस्थ्य खानपान, सक्रिय जीवनशैलीले धेरै हदसम्म क्यान्सरबाट बच्न सक्छौं । त्यसो त प्रकृतिमा यस्ता केही खानेकुरा छन्, जसले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । के हुन् त त्यस्ता खानेकुरा ?

ग्रीन टी

अहिले हामीकहाँ ग्रीन टि पिउने चलन बढेको छ । दुध, चिनी मिश्रति चियाको स्वाद परेकालाई ग्रीन टि स्वादिलो नलाग्न सक्छ । किनभने यो तीतो, टर्रो स्वादको हुन्छ । तर, ग्रीन टि यस्तो पेय हो, जसले शरीरलाई रोगमुक्त राख्न सहयोग गर्छ ।

ग्रीन टि एन्टिअक्सिडेन्टको सर्बाधिक राम्रो स्रोत हो । यसमा एक यस्तो तत्व पनि हुन्छ, जसले शरीरमा क्यान्सरको कोसिकालाई बढ्न दिदैन । नियमिन रुपमा ग्रीन टि पिउदा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । ग्रीन टि दिनमा तीन वा चार गिलाससम्म पिउनु उपयुक्त मानिन्छ ।

बेसार

त्यसो त बेसार हामी दिनहुँ सेवन गरिरहेका हुन्छौं । हाम्रो तरकारीमा बेसार अनिवार्य हुन्छ । हरेक छाकको तरकारीमा बेसार प्रयोग गर्छौं । भनौं, बेसार हाम्रो भान्सामा सजिलै र सधैजसो उपलब्ध हुने मसला हो ।

त्यसो त बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ । स्वास्थ्यका लागि होस् वा सौन्दर्यका लागि, बेसार उपयोगी मानिन्छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । त्यसैले यसको नियमित सेवन गरौं ।

नरिवल पानी

हामीकहाँ नरिवल पानी पिउने त्यती प्रचलन छैन । नरिवल पानी स्वास्थ्यका लागि भने एकदमै लाभदायक मानिन्छ ।

नरिवल पानीको सेवनले कतिपय क्यान्सरको संभावना समेत कम गराउँछ । यसको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।

तुलसी

तुलसी बहुगुणी वनस्पति हो । आर्युवेदमा यसको ठूलो महत्व छ । तुलसीको पात सेवन गर्दा कतिपय रोग निर्मुल मात्र हुने होइन, यो वनस्पतिले हावालाई समेत शुद्धिकरण गर्छ ।

तुलसीलाई क्यान्सर किलर मानिन्छ । यसको नियमित सेवनले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउँछ । त्यसो त सानोतिनो रोग, संक्रमणमा तुलसी पानी पकाएर खानुपर्छ, ठिक हुन्छ ।

नीम

नीम पनि आयुर्वेदिक महत्वको वनस्पती हो । यसलाईर् आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।

लसुन

भान्सामा सजिलै पाइने लसुन क्यान्सर प्रतिरोधी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने गुण हुन्छ । लसुन पानीमा डुबाएर नियमित रुपमा पिउने गर्दा क्यान्सरको संभावना कम हुन्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites