Loading...
Home / मनोरन्जन / ६ जना बालक फ्यानहरु नम्रताको घरसम्मै पुगे

६ जना बालक फ्यानहरु नम्रताको घरसम्मै पुगे 0

चलचित्र क्षेत्रमा पसीसकेपछी सबैले चिन्ने गर्दछन । सबैले चिनी सके पछी सेलिब्रेटी हुइन्छ र फ्यानहरु पनि हुने गर्दछन । तर अचम्म लाग्दो कुरा के छ भने कोहि फ्यानहरु त्यस्ता पनि हुने गर्दछन् कि सेलिब्रेटीको घरसम्मै पुग्ने गर्दछन ।

 

केहिदिन अघि नायिका प्रियंका कार्कीले फ्यानको कारणले बसेको घर सर्नुपरेको बताउँदै आउँदा अर्की नायिका नम्रता सापकोटाको घरसम्मै फ्यानले पछ्याएका छन् । उनले आफ्नो इंस्टाग्राम स्टोरीमा आफ्ना फ्यानहरुले आफुलाई घरसम्म पछ्याएको कुरा सेयर गरेकी छिन् ।

इंस्टाग्राम स्टोरीमा उनले कोलोनीमा पछ्याईरहेको फ्यानको भिडियो बनाएर राखेकी छिन् । भिडियोमा उनलाई हेर्नको लागि पहिला फ्यानहरु कोलोनी बाहिर हुन्छन् । पछि उनले थाहा पाएपछि उनीहरुलाई भित्र बोलाउछिन् र उनीहरुसँग कुरा गर्छिन् । ६ जना बालकहरुले उनको घरसम्म पुगेर नम्रतासँग गज्जबले कुरा गरेका थिए ।

उनीहरुको साथमा कुराकानी गरेपछि नम्रताले आफ्ना बालक फ्यानहरुसँग फरक–फरक पोजमा फोटो खिचेकी थिईन् । त्यहाँ आएकाहरुले उनलाई स्कुटरमा आउँदै गर्दा पछि पछि लागेको आएको बताएका थिए ।

कक्षा ११ मा पढ्दा पहिलो म्युजिक भिडियोमा काम गरेकी नम्रताले केहि चलचित्रहरुमा पनि काम गरिसकेकी छिन् । उनका अरु चलचित्रहरुले ब्यापारिक सफलता हात पार्न नसकेता पनि उनकै अभिनय रहेको हाँस्यकलाकारहरुको चलचित्र ‘छक्का पञ्जा’ले भने गज्जबको ब्यापार गरेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites