Loading...
Home / समाचार / ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार

७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार 0

१७ वैशाख, काठमाडौं । इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा. अनिल बस्नेतका अनुसार महिलालाई सोमबार राति नै हस्पिटल ल्याएको हो । ‘केही चोटपटकहरु देखिएका छन् । सुरुमा इमर्जेन्सी वार्डमा राखेर उपचार भएको थियो’, बस्नेतले  भने, ‘अहिले ओपीडी वार्डमा राखेर उपचार भइरहेको छ ।’

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites