Loading...
Home / भिडिओ / बाढीको बबण्डरः २३ को मृत्यु, ४०० बेपत्ता पूर्वमा झापादेखि पश्चिममा चुरे बाढीको जोखिम

बाढीको बबण्डरः २३ को मृत्यु, ४०० बेपत्ता पूर्वमा झापादेखि पश्चिममा चुरे बाढीको जोखिम 0

दाङ | गएराति देखीकाे भारी वर्षातका कारण घोराही तुल्सीपुर सडक खण्ड भासिएको छ ।

तुल्सीपुरको हातीखौवा ओरोलोमा सडक भाँसिएको हो । वरीपरीका १७ घर डुबानमा परेका छन् । यसैगरी राप्ती र बबई नदीमा खतरा संकेत पार गर्दै पानी माथि आएको छ । देशका अन्य भागमा समेत बाढी पहिराे र डुवानले समस्या निम्ताएकाे छ ।

भिडिओ हेर्नुस 

केही दिनदेखीको लगातारको वर्षाले जनजिवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा डुवान र पहाडी जिल्लाहरुमा बाढी पहिरोले जनजिवन कष्टकर बनेको हो । ठाउँ ठाउँमा पहिरो परि धेरैले ज्यान गुमाएका छन् । कति ठाउँमा पहिरोले सडक अवरुद्ध भएका छन् ।

पूर्वी तराईको ईटहरी डुवानमा परेको छ । इटहरी वडा नं. ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन्, अघिल्ला वर्षहरुमा पनि खोलामा बाढी आउने गरेपनि यो पटक भने अहिलेसम्मकै ठूलो बाढी आएको स्थनीयको भनाई छ । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । राती टेंग्रा खोलासमेत थुनिएपछि पानीको सहज निकास हुन नसकेको हो ।

बाढीका कारण इटहरीका विभिन्न ठाउँका घर, पसल तथा कारखानामा ठूलो आर्थिक क्षती पुगेको छ ।

सुनसरी र मोरंगको सिमानामा पर्ने बुढी खोला किनारमा बसेका केही सुकुम्बासी वस्ती बाढीले बगाएको हो । मोरङको बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ । मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोलका ३२ वर्षका गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ कुसुमेका ५६ वर्षका मिनबहादुर थापाको ज्यान गएको हो ।

बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । यस्तै दक्षिणको मल्लिक वस्तीका घरहरुसमेत बगाएको छ ।

बिहान भने पानी केही घटेपनि अविरल वर्षा भइरहेकोले बाढी आउने त्रास अझै छ ।

पहिले सशस्त्र तथा जनपथ प्रहरी गरी ठूलो संख्यामा उद्धार र राहतको लागि परिचालित गरिएका छन् ।

धादिङमा जिल्लाको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा पहिरोले एक घर पुरिएको छ, भने पहिरोका कारण विद्यालय र स्वास्थ्य चौकीसहितको पूरै गाउँ विस्थापित भएको छ ।

प्रहरीका अनुसार ३४ घरको रहेको हिनदुङमा पाल छिरिङ तामाङको घर बगाएको हो । १० घर पहिरो नजिकै रहेकाले अति जोखिमको अवस्थामा छन् ।

यो गाउँका केही छिमेकी गाउँमा बस्न गएको र केही नातेदारको घरमा बसेको स्थानीय मिङ्मा तामाङले टेलिफोनबाट जानकारी दिनुभयो ।

गाउँको बिचबाट बगेको खोलाले कुनैपनि बेला बगाउन सक्ने खतरा रहेको छ ।

यता सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ

यसै गरि चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, तिलाठी, बेल्ही तथा हनुमाननगर कंकालनी नगरपालिकाको रम्पुरालगायतका बस्ती प्रभावित भएका छन्।

स्थानीयहरुका अनुसार १ हजार ५ सय घर डुबानमा परेका छन् भने ३ सय ५० भन्दा बढी परिवार विस्थापित भई जन्डौल–कुशहा सडक खण्डमा बस्न बाध्य भएका छन् ।

दुई दिन देखि त्यस क्षेत्रका अधिकांश घरमा चुलोसमेत जल्न नसकेपछिट ‘भुजा र च्युराको भरमा बाढीपीडितले जसोतसो दिन काटिरहेको स्थानीय दिनेश भुजेलले बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, भन्सार कार्यालय, विद्यालयलगायतका संस्थासमेत डुबानमा गाउँपालिकाका कार्यकारी अधिकृत सरोज झाले बताउनुभयो ।

बाढीले सयौं बिघाको धान बाली पनि नष्ट गरेको छ । घरमा रहेको खाद्यानसँगै खेतमा लगाइएको बालीसमेत नष्ट भएपछि बाढी प्रभावित दक्षिणी क्षेत्रका सर्वसाधारण झन् पीडादायी अवस्थाबाट गुज्रिएका छन्।

तीन दिन यता सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएपछि ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढाका बासिन्दा डुबानमा पर्नुका साथै त्रसितसमेत भएका छन् । गाउँ चारैतिरबाट कोसीले घेरिएको छ ।

‘बुधबार रातिदेखि नै डुबानमा छौं, पानीको सतह पनि बढिरहेको छ’, फोनमा स्थानीय हरिनारायण यादवले भने, ‘हामी निकै त्रासमा छौं ।’ रात जागा बसेरै बिताउने गरेको उनले बताए ।

शुक्रबार साँझ ४ बजे सप्तकोसीमा २ लाख ७५ हजार घनलिटर प्रतिसेकेन्ड बहाव मापन गरिएको कोसी ब्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।

यता खाँडो नदीको कटान नियन्त्रण गर्न सेना र प्रहरीसँगै काम गरिरहेको अवस्थामा बिहीबार नदीले कटान गरेको ढिस्कोमा पुरिएर बेपत्ता भएका राजविराज नगरपालिका–१५ देउरीभरुवाका ५५ वर्षीय डोमी यादवलाई अझै फेला पार्न सकिएको छैन ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाल कटुवालका अनुसार शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले डोमीको परिवारलाई कम्तीमा १० लाख रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस पठाउने निर्णाय गरेको छ । डोमीको डुबेर मृत्यु भएको निष्कर्ष निकाल्दै समितिले क्रिया खर्चबापत २५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

यता चितवनकाे माडीका  बस्ति डुवानमा परेको छ ।  माडी नगरपालिकाको वडा नम्बर १, २, ४, ६ वडाका घरहरु डुवानमा परेका हुन् ।

रिउ खोलाको सतह बढेर खतराको संकेत नाघेर ३.८४ लाई सामान्य सामान्य ५.१० सेमिमा पुगेको थियो । बस्तीमा पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको टोली राति नै उद्धारमा खटिएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।

बाढीले बगाएर ६ जनाको मृत्यु, देशभरको अवस्था खतरापूर्ण

सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा आएको बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एकजनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार ६ जनाको शव भेटिएको छ । बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ ।

बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् ।

यस्तै रातभरी परेको पानीले पुर्बको धेरै ठाउमा पहिरो गएको छ ,पहिरोका कारण धरान धनकुटा राजमार्गमा पर्ने निसाने खोलाले बाटो बगाएर धनकुटा ,तेह्रथुम ,संखुवासभा र भोजपुर जाने यात्रु अलपत्र परेका छन।

गएराति देखिको लगातारको वर्षाले पूर्वमा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धरान धनकुटा सडकमा पर्ने निसाने खोलाले सडक बगाएको छ । उक्त ठाउँको सडक बगाउँदा धनकुटा, तेह्रथुम, संखुवासभा तथा भोजपुर जाने यात्रु अलपत्र परेका छन् ।

वर्षाले अन्य पहाडी तथा विभिन्न तराईका जिल्लामा जनजिवन कष्टकर बनाएको छ ।

जल तथा मौषम विज्ञान विभागले पनि सुचना जारी गर्दै पुरै तराईको भागदेखी महाभारत सम्मको क्षेत्रमा निकै खतरा रहेको बताएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites