Loading...
Home / Uncategorized / मह जोडीले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ ,धुर्मुस सुन्तली बाढी प्रभावित क्षेत्रमै जाने

मह जोडीले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ ,धुर्मुस सुन्तली बाढी प्रभावित क्षेत्रमै जाने 0

पुर्वी जिल्लामा गएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको लागि नेपाली फिल्मकर्मीले सहयोगी भावना देखाएका छन् । समाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै प्राभावितको उदार र सुरक्षामा सरकारलाई आग्रह गरेका उनीहरुले आर्थिक सहयोगको समेत घोषणा गरिरहेका छन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै कलाकार तथा निर्माता दिपकराज गिरीले व्यक्तिगत रुपमा एक लाख, नायिका पूजा शर्मा एक लाख, प्रियंका कार्कीले ५१ हजार दिने घोषणा गरेका छन् । चलचित्र कलाकार संघले आफ्नो कोषबाट बाढी पिडितका लागि ६५ हजार दिने निर्णय गरेको छ । निर्मल शर्मा, दिपाश्री निरौला लगायत कलाकर्मीले पनि बाढी पिडितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै नमुना नेपाल निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरेले उद्धार तथा राहत वितरणका लागि धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छन् । चलचित्र निर्माता संघले विपतको घडीमा सर्तकता अपनाउन अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

गृह नगर विरटनगर भएकी नायिका बर्षा सिवाकोटीले सहयोगको लागि जाने उल्लेख गर्दै मन छुने स्टाटस पोस्ट गरेकी छिन् । करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, आर्यन सिग्देल, सुदर्शन थापा लगायत फिल्मकर्मीले बाढी प्रभावितको सहयोगको अपिल गर्दै सरकारलाई तत्काल उनीहरुको उद्धारमा लाग्न आग्रह गरेका छन् ।

भिडिओ हेर्नुस 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites