Loading...
Home / समाचार / सलमानलाई यस री चिढाइन् , पूर्व गलफ्रेण्ड ऐश्वर्यले

सलमानलाई यस री चिढाइन् , पूर्व गलफ्रेण्ड ऐश्वर्यले 0

कुनैताका सलमान खान र ऐश्वर्य रायको जोडीले बलिउडमै सनसनी मच्याएको थियो । । उनीहरुको दाम्पत्य कति सुन्दर होला भनेर अनुमानको खेती धेरैले लगाय । तर, उनीहरुको सम्बन्ध धेरै टिक्न सकेन । दुई अलग भए । त्यसबीचमा ऐश्वर्यले अभिषेक बच्चनसाग बिहे गरे । छोरी जन्माइन् । यतिबेलासम्म सलमान(ऐश्वर्यको सम्बन्धको राप सेलाइसकेको थियो ।

तर, हालै भने ऐश्वर्यको एउटा कदमले सलमानसाग रिस फेरेको जस्तो देखिन्छ । भएको के भने, सलमानले केहि समयअघि आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई विदा दिएका थिए । १० बर्षसम्म सलमानको म्यानेजर बनेकी रेश्मालाई सलमानले विदा दिएपछि उनीहरुबीच तित्तता बढ्ने नै भयो । यसलाई थप मलजल गरे, खिलाडी ब्वाई अक्षयकुमारले ।

अहिले भने सलमानलाई चिढ्याउने काममा पूर्व गर्लफ्रण्ड ऐश्वर्य अघि सरेछिन् । उनले रेश्मालाई अभिषेकको म्यानेजर बनाएर भित्र्याइन् । अभिषेकका लागि पूर्व ब्वाईफ्रेण्डको दुश्मनलाई हात लिएपछि सलमानको रक्तचाप बढ्ने नै भयो ।

सलमानले रेश्मालाई बिदा दिए लगत्तै अक्षयले उनलाई नियुक्त गरे । यहि निहुामा अक्षय र सलमानबीच मनमुटाव भयो । कति कार्यक्रममा आमनेसामने भएर पनि उनीहरु बोलेनन् ।
जसै ऐश्वर्यले रेश्मालाई नियुक्त गरिन्, पति अभिषेक निकै खुसी भएको खबर छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites