Loading...
Home / समाचार / कालीकोटमा कर्फ्यु हट्यो, आजै वार्ता हुने

कालीकोटमा कर्फ्यु हट्यो, आजै वार्ता हुने 0

कालिकोटमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो ।

७ गते शुक्रबार प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा म्यादी प्रहरी र स्थानीयले प्रदर्शन गरेसँगै सोहि दिन बाट नै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय कालिकोटले स्थिति हेरेर आईतबार बिहान १० बजे पछि कर्फ्यु हटाउने भने पनि कर्फ्यु हटएको थिएन ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालिकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ । कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कलिकोटले जानकारी दिएको छ ।

मृतक परिवारलार्इ सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites