काठमाडौं किंग्स इलेभेन इपिएलबाट बाहिरियो,विराटनगर क्वालिफायरमा

 

काठमाडौं किंग्स इलेभेन इपिएलबाट बाहिरियो,विराटनगर क्वालिफायरमा

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा वाट काठमाडौं किंग्स इलेभेन बाहिरिएको छ । समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो । विराटनगरले सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई हराउँदै विराटनगर वारियर्स समूह विजेता बनेको छ। विराटनगरले सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले पराजित गर्दै लगातार पाँच खेलमा जित निकाल्यो। विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो। अन्तिम ‍ओभरमा १७ रन चाहिएको काठमाडौंले पहिलो बलमै सागर कुमारलाई गुमाएको थियो। त्यसपछि सिद्धान्त लोहनीले छक्का प्रहार गरेर आसा जगाएपनि चौथो बलमा उनी आउट भएपछि काठमाडौंको आसा सकिएको थियो । जितसँगै विराटनगरले ५ खेलबाट १० अंक जोड्यो। अपराजित विराटनगरले ५ खेलबाट २ अंक मात्र जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *