Loading...
Home / समाचार / शहीद हरिबहादुर कुँवरको शालिक निर्माण गरिने

शहीद हरिबहादुर कुँवरको शालिक निर्माण गरिने 0

विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको आन्दोलनमा मृत्यवरण गरेका शहीद हरिबहादुर कुँवरको शालिक निर्माण गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले शालिक निर्माण गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार शालिक प्रशासन कार्यालय जुम्ला अगाडि निर्माण गरिनेछ । त्यसका लागि १० वर्गमिटर क्षेत्रफलको जग्गा छुट्याउने र शालिक निर्माणार्थ आवश्यक बजेट नगरपालिकाका साथै गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकको प्रारम्भिक निर्णयअनुसार हरिबहादुरलाई कर्णालीको पहिलो शहीदको रुपमा जुम्लामा शालिक निर्माण गरिनेछ । त्यसको साथै ६ नं प्रदेशको शहीदमा दर्ज गर्न विजेता प्रदेशसभा सदस्यमार्फत प्रदेशसभामा प्रस्ताव गर्ने निर्णयसमेत गरिएको नि.प्रजिअ बुढ्थापाले बताउनुभयो ।

हरिबहादुर कुँवर स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले आन्दोलनको स्वरुप झल्काउने कलात्मक शैलीको शालिकको उचाइ छ फिट हुने कुरा प्रष्ट्याउनुभयो । स्वरुप तयार गर्न दिइएको शालिक तीन दिनपछि आउने उहाँका भनाइ छ । साथै, उहाँले कर्णाली स्वायत्तताको आन्दोलनमा घाइते भएकाको स्वास्थ्योपचार साथै रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा कुडारी–ताम्ती–टोप्ला हुँदै जाजरकोट जोड्ने सडकलाई हरिबहादुर कुँवर स्मृति मार्ग नामाकरण गर्ने भनि यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने जनाइएको छ । त्यहाँ उपस्थित दल तथा समग्र क्षेत्रका प्रमुख एवं प्रतिनिधिले आन्दोलन र शहीद कुँवरको बलिदानबाट जन्मेको ६ नं प्रदेशको राजधानी कर्णालीमा बन्ने सामथ्र्य र पहिचान भएको भन्दै त्यसलाई आधार बनाएर कर्णालीमा राजधानी निर्माण गर्नुपर्ने मागलाई अघि सार्ने बताएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites