विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्टिनबाटै ब्राउन सुगर बेच्दै गर्दा चिकित्सकसहित ३ जना पक्राउ

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्टिनबाटै ब्राउन सुगर बेच्दै गर्दा चिकित्सकसहित ३ जना पक्राउ

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट चिकित्सकसहित ३ जना लागूऔषध कारोबार र सेवनको आरोपमा पक्राउ परेका छन्। प्रहरीले डा क्षिजित श्रेष्ठसहित ३ जनालाई शनिबार बेलुका पक्राउ गरेको हो। डाक्टरहरुलाई होस्टेलमा लागूऔषध सप्लाई गर्ने दिनेश श्रेष्ठ र उज्वल हलुवाईलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको वडा प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। ‘हलुवाईले श्रेष्ठलाइ दिने र श्रेष्ठले डाक्टरहरुलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डिएसपी पौडेलले स्वास्थ्यखबरसँग भने,‘अन्य डाक्टरलाई पनि उनले ब्राउन सुगर बेच्दै आएको बुझिएको छ।’ दिनेश अस्पतालमा क्यान्टिन सञ्चालक हुन्। प्रतिष्ठानमै कार्यरत साह थरका एक चिकित्सकले दिनेशसँग क्षिजितलाई चिनाइदिएका हुन्। साह थरका ती डाक्टर पनि लागूऔषध दुर्व्यसनी भएको खुलेको छ। क्यान्टिन सञ्चालक दिनेशले नै अस्पतालका चिकित्सक तथा दुर्व्यसनमा फसेका कर्मचारीलाई लागूऔषध बेच्दै आएका थिए। पक्राउ परेका डा क्षिजितको एमबीबीएसको इन्टर्न सकिन लागेको थियो । स्वास्थ्यखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *