ओलीले उपेन्द्रसँग मिलेर सरकार बनाउन खोजे झलनाथ, माधव र वामदेवको समर्थन प्रचण्डलाई

ओलीले उपेन्द्रसँग मिलेर सरकार बनाउन खोजे झलनाथ, माधव र वामदेवको समर्थन प्रचण्डलाई

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई तत्काल अध्यक्ष मान्न नसकिने बताउँदै मधेसवादी दलसँग मिलेर सरकार बनाउन आन्तरिक तयार गरेको खुलासा भएपछि गठबन्धनप्रति विश्वासको संकट बढेको छ । एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको समुहलाई माइनस गर्ने हिसाबले ममाओवादीसँगको उकतालाई केही पर धकेल्ने हेतुले मधेसवादी दलसँग मिलेर सरकार बनाउन लागेपछि एमालेभित्रै विश्वासको संकट बढेको छ । गठबन्धनको रहेको माओवादीका सबै शीर्ष नेतृत्व भने एमालेसँगको एकतामा दउढ छन् । यद्यपी ओलीको पछिल्लो गतिविधिको बारेमिा भने उनीहरुले पनि आशंका जमाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुल भत्किसकेकाले एकताबाट पछाडि हट्ने ठाउँ नभएकोले एमाले वा माओवादीका शीर्ष नेतृत्वले चाहेर पनि एकता प्रक्रिया भाँड्न नसक्ने बताइसकेका छन् । ओलीले एकता प्रक्रियालाई धकेल्ने हिसाबले सरकार गठनमा माओवादीबाहेकसँग सहकार्य गर्ने बल गरेको खण्डमा एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम प्रचण्डको पक्षमा उभिने भएका छन् । खासगरी एकताको पक्षमा खरो रुपमा उत्रिएका खनाल, नेपाल र गौतमले व्यक्तिगत स्वार्थको लागि पार्टी एकता धकेल्ने गरी सरकार गठनमा अनावश्यक चलखेल नगर्न चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *