गत ७ गतेबाट लगाइएको अनिश्चितकालीन कर्फ्यू हट्यो…

गत ७ गतेबाट लगाइएको अनिश्चितकालीन कर्फ्यू हट्यो…

कालीकोटमा लगाइएको अनिश्चितकालीन कर्फ्यू पनि आजबाट हटाइएको छ । कर्फ्यू हटाएको छ । प्रहरी र म्यादी प्रहरीबीच शुक्रबार भएको झडपमा म्यादी प्रहरी ऐडीको मृत्यु भएपछि कर्फ्यू लगाएइको थियो । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयमा छानबिन गर्न गठन भएको समितिले आजबाट अनुसन्धान शुरु गर्ने भएको छ । कर्फ्यू हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *