प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताउनुभएको छ । “यहाँ सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको छ, येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् । उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ”– विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *