गगन थापालाई साथ लिएर प्रकाशमानले पार्टी कब्जा गर्ने, अरु युवा नेताहरु पनि फकाउँदै

गगन थापालाई साथ लिएर प्रकाशमानले पार्टी कब्जा गर्ने, अरु युवा नेताहरु पनि फकाउँदै

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् । कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितको समुहलाई साथ लिएर पार्टीको नेतृत्व लिने प्रयास गरेका हुन् । विश्वप्रकाश शर्मा, जीवन परियार लगायतका नेताहरुको साथ लिने प्रयासमा सिंह छन् । चुनावमा कांग्रेसको कमजोर नतिजा आएसँगै पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने बताउँदै आएका सिंहले अब संगठन बनाएर नेतृत्वमाथि हस्तक्षप गर्न लागेको बताइएको छ । नेता दिपक खड्कालाई पनि सिंहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए । तर खड्का भने महामन्त्री शशांक कोइरालाको पक्षमा देखिएका छन् । कोइरालालाई नै संसदीय दलको नेता र पार्टी सभापति बनाउने पक्षमा खड्का छन् । चुनावमा कांग्रेसले पराजय भोगेपछि देउवाको कार्यशैलीबाट प्रकाशमान रुष्ट देखिएका छन् । चुनाव लगत्तै टेलिभिजन कार्यक्रम धमलाको हमलामार्फत देउवालाई सभापति छोड्न दबाब दिएका सिंहले निरन्तर रुपमा नेतृत्वको आलोचना गर्दै आएका छन् । ससंदीय दलको नेता बनेर नेतृत्वमा पुग्ने अभियानका लाग सिंहले युवा नेताहरुलाई फकाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *