Loading...
Home / समाचार / नेपालगन्जमा शिक्षकले पेन्सिल तिखार्न नजानेको भन्दै बच्चीमाथि निर्घात कुटपीट गरेपछि, बच्चीको…

नेपालगन्जमा शिक्षकले पेन्सिल तिखार्न नजानेको भन्दै बच्चीमाथि निर्घात कुटपीट गरेपछि, बच्चीको… 0

नौ बर्षीया बालिकालाई शिक्षकले पिट्दै भित्तामा ठोक्काईदिए पछि घाइते भएकी छन् । नेपालगन्ज–१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा पढ्ने नौ वर्षिया सविना वेहेना कुटाईमा परेकी हुन् ।

उनलाई पेन्सिलको टुप्पो तिखार्न नसेको भन्दै शिक्षक कृष्ण मुरारी सिंहले निर्घात कुटपीट गरेको आरोप छ । दुइतीन पटकसम्म प्रयास गर्दा बेहेनाले पेन्सिल तिखार्न नसके पछि अबोध बालिकालाई गालामा चड्कन हान्नुका साथै विद्यालयको भित्तामा टाउको ठोक्याएको आरोप छ ।

पीडित बालिका सविनाले भनिन–‘‘कक्षामा पढाउनको लागि सर आउनुभएको थियो, मलाई कापीमा लेख्न भन्नुभयो । म पेन्सील तिखार्दै थिए, धेरैपटक भाँचियो, सरले यति नसक्ने भन्दै मलाई चार–पाँच पटक हातले गालमा हान्नुभयो, म रोए तर, सरले रोएको भन्दै झन् रिसाएर मेरो घाँटीमा समात्नुभयो, र भित्तामा ठोक्काउनुभयो ।’

शिक्षक सिंहको पीटाइबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ । छोरीले पीटाई खाएपछि रुदैं घरमा सिकायत गर्न आएको उनका बुवा मुनिर बेहेनाले बताए । ‘पढ्न पठाएकि छोरी विद्यालयबाट नै रुदैं घर फर्किइन्’ ।

पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी विश्रामका लागि घरमा राखिएको छ । पीडितका बुवा मनिरले उक्त विद्यालयमा सँधै बाललिकालाई कुटपीट गर्नुका साथै हप्काएर नै पढाइने गरेकाले शिक्षकलाई आवश्यक कारबाही गराउन माग गरेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites