श्रीमती भनेको यस्तो हुनु पर्छ !!

श्रीमती भनेको यस्तो हुनु पर्छ !!

छाेरी मान्छेले गोरु नार्दा कसैले केही भन्ने हुन कि भन्ने लागेको थियो’ खोटाङको दिक्तेल ८ कि उमा विक पहिलो दिन खेत जोत्न जाँदाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो ।उहाँलाई जोत्न अप्ठ्यारो लाग्नु स्वभाविक पनि थियो । किनभने गाउँमा त्यो भन्दा अघि कोही महिलाले पनि जोत्ने काम गरेका थिएनन । खेतीपातीमा पुरुषलाई सघाउने काम मात्रै महिलाले गर्थे ।उमाको पनि दुई वर्ष अघिसम्मको दैनिकी त यस्तै थियो । श्रीमानलाई खेतीपातीमा सघाउने । दुई जना दिनभरी जसो नै खेतमा खट्नुहुन्थ्यो तर आफ्नो जग्गाको उब्जनीले खान पुग्दैनथ्यो ।त्यसैले जग्गा साहुको बन्दकी राखेपछि त परिवार चलाउन पनि धौ धौ नै भएको थियो । यही समस्याले गर्दा उमाका श्रीमान् दुई वर्ष अघि रोजगारीका लागि साउदी अरब जानुभयो । श्रीमान् साउदी गएपछि उमाको जिम्मेवारी त थपियो नै अहिले उहाँको भूमिका फेरिएको छ । उहाँ अहिले हलो कोदालो सबै आफैं गर्नुहुन्छ । ‘श्रीमान हुँदा उहाँ अरुको अर्मपर्ममा जानुहुन्थ्यो अनि अरु पनि अर्मपर्ममा आउँथे तर उहाँ गएपछि त त्यो सबै बन्द भयो’ उमा भन्नुहुन्छ । श्रीमान् विदेश जाने वित्तिकै त उहाँसँग पैसा पनि थिएन खेताला लगाउन । पैसा नभएपछि खेताला आउन पनि पत्याएनन् । त्यसपछि उहाँले गोरु नार्ने आँट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *