दयाहङ राई र प्रियंका कार्कीको जोडी यस्तो देखियो ‘ह्याप्पी डेज’ ट्रेलरमा

दयाहङ राई र प्रियंका कार्कीको जोडी यस्तो देखियो ‘ह्याप्पी डेज’ ट्रेलरमा

चलचित्र ‘ह्याप्पी डेज’ को अफिसियल ट्रेलर रिलिज भएको छ । माघ १२ गतेबाट प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम कथामा देखाइएको छ । चलचित्रका मुख्य पात्र दयाहाङ राई चलचित्रका नायिकाद्धय प्रियंका कार्की र दिया पुन मध्ये कसका हुन्छन् भन्ने ट्रेलरमा खुलाइएको छैन । लण्डनमा प्रिमियर समेत भैसकेको ‘ह्याप्पी डेज’ को छायाँकन नेपाल र बेलायतमा गरिएको हो ।  चलचित्रमा दया, प्रियंका र दियासंगै संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ । सम्राट बस्नेतको एक्सन, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत समावेश चलचित्रमा बीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । चलचित्रमा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *