भाग्दै गरेका लागुऔषध कारोबारी ट्याक्सी सोचेर प्रहरीको गाडी चढेपछि

भाग्दै गरेका लागुऔषध कारोबारी ट्याक्सी सोचेर प्रहरीको गाडी चढेपछि

डेनमार्कको कोपेनहेगनमा एक लागुऔषध कारोबारीले गज्जबको क्रिसमस उपहार पाएका छन् । ठूलो परिमाणमा लागुऔषध बोकेर भाग्दै गरेका उनी उफ्रेर एउटा गाडीको पछाडि चढ्दछन् । उनले त्यस गाडीलाई ट्याक्सी सोचेका हुन्छन् तर त्यो गाडी प्रहरीको हुन्छ । डेनमार्कको प्रहरीका अनुसार ती व्यक्ति घरतर्फ भाग्दै गर्दा आफै प्रहरीको फन्दामा परेका हुन् । यो घटना राजधानीको क्रिश्चियानामा भएको हो । जुन स्थान सन् १९७० को दशकका हिप्पीहरुका लागि प्रसिद्ध थियो । जहाँ लागुऔषधको खुला व्यापार हुने गर्दथ्यो । प्रहरीका अनुसार ती व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान भैरहेको छ । प्रहरी भने ठूलो परिमाणको लागुऔषधसहित लागुऔषध कारोबारी हात लागेकाले मख्ख छ । यही महिना मात्रै प्रहरीले क्रिश्चियानामा दर्जनौं पटक छापा मारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *