Loading...
Home / समाचार / प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त 0

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ ।

दुई वर्षदेखि मुटु र मिर्गौलाबाट पीडित राईको उपचारका क्रममा आइतबार राति निधन भएको थियो । प्रधानमन्त्री देउवाले राईको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गर्नुभयो । उहाँले राईको निधनले काँग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो । संखुवासभाका पूर्व सांसद टंकप्रसाद राईका बुबासमेत रहेका राई विगत दुई हप्तादेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले राईले नेपालको लोकतान्त्रिक विकासमाा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites