रामेछापमा पूर्व वडा अध्यक्षको हत्याः ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला पर्यो….

रामेछापमा पूर्व वडा अध्यक्षको हत्याः ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला पर्यो….

रामेछापमा एक पूर्ववडा अध्यक्षका हत्या भएको छ । आइतबार राति रामेछापको साविकको डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको हो । दोरम्बा गाउँपालिका-१ डडुवा, थापा गाउँमा तामाङको शव हत्या गरेको अस्थामा सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव ढुंगाले थिचेर बाँस घारीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । घटनास्थल साविसकको डडुवा गाविसका वडा नं १ मा पर्छ । मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको हुन सक्ने प्रहरीको अनुमान छ । तर हत्या कसले गर्यो भन्ने खुलेको छैन । मृतक तामाङ आइतबार साँझ साथीहरुसँग तास खेल्न बसेका थिए । ४८ वर्षीय तामाङ २०५४ सालमा डडुवा गाविस २ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । घटनास्थलमा इन्स्पेक्टर राजेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थल दोलखा जिल्लासँग सीमाना जोडिएको क्षेत्रमा पर्छ । जीपको ठक्करबाट नवलपरासीमा १ जनाको मृत्युः कावासोती नगरपालिका–१६ डण्डामा गएराति जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्व नवलपरासीले दिएको जानकारी अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग २ च ११३४ नम्बरको जीपको ठक्करबाट एक युवकको ज्यान गएको हो । अन्दाजी २८ वर्षीय युवकको ज्यान गए पनि उनको परिचय खुलेको छैन । प्रहरीले थप अनुसन्धानका लागि ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएको छ । हिटर बालेर सुत्दा पनौतीमा आगो लाग्यो, १ जनाको मृत्युः चिसो बढेसँगै कोठालाई न्यानो राख्न हिटरको प्रयोग गर्ने क्रम बढेको छ । तर, काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाले ज्यान गुमाउनु परेकाे छ । हिटरबाट सल्किएको आगोमा जलेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा आइतबार राति एकजनाको मृत्यु भएको हाे । हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले हिटरबाट सल्केकाे अागाेमा परी आइतबार राति ११ बजे निर्माणसम्बन्धी काम गर्ने भारतीय नागरिककाे ज्यान गएकाे पुष्टि गरे । प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।(अनलाईन खबरवाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *