Loading...
Home / समाचार / धनुषामा बोक्सीको आरोपमा एक महिलामाथि निर्धात कुटपिट

धनुषामा बोक्सीको आरोपमा एक महिलामाथि निर्धात कुटपिट 0

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१० स्थित इच्छापुरमा बोक्सीको आरोप लगाउदै  एक वृद्धा महिलालाई निर्धात कुटपिट गरिएको छ ।
स्थानीय  ५० वर्षीया शिवो देवी महरालाई उनकै छिमेकी कारी चौधरीले आफ्ना छोरीलाई जादु टोना लगाएको भन्दै कुटपिट गरेको हो । अरुको खेतमा मजदुरी गरि घर फर्किेने क्रममा चौधरीले महरालाई कुटपिट दुव्र्यहवार गर्दै मलमुत्र खुवाउने प्रयार गर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाका अनुसार चौधरीका  २४ वर्षीय छोरा  प्रलाद चौधरी, बुहारी संगिता चौधरी र पत्नी चन्द्रा देवी चौधरी समेत मिलि बोक्सीको आरोपमा शुक्रवार राती  सामुहिक कुटपिट गरेका छन् । कुटपिटबाट गम्भिर घाईते भएकी महराको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।स्थाथीयका अनुसार कारी चौधरीको छोरी सरिता केही वर्ष देखि देउता खेल्दै आएको थियो । सरिताको विवाह सिरहा जिल्लाको जहदीमा भएको छ ।

सासुरामा रहेकी सरिताले  भुत खेल्दा आफुलाई  माइतकी छिमेकी शिवो महराले भुत लगाई पठाएको फोनमा जानकारी दिएपछि आक्रोशित चौधरीका परिवारजनले  उनलाई  निर्घात कुटपिट गरिएकोे स्थानीय दुर्गी पंडितले बताइन ।  पीडित पक्ष इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा घटना भए लगतै निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई चौकीमा बोलाई पञ्चायती गर्ने पक्ष रहेको पीडित पक्षले बताए । तर पीडित पक्षले लिखित उजुरी दिएपनि प्रहरीले दोषिमाथि कारवाही प्रक्रिया अगाडी बढाउन सकेको छैन । यता,प्रहरीले घटनाको अनुसन्धान भईरहेको र पीडिकहरु खोजी कार्य जारी रहेको  इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक नेत्र कार्की बताए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites