Loading...
Home / समाचार / प्रचण्डलाई कुर्दै एमाले नेताहरु, बाम गठबन्धन भित्र आज हुँदैछ देशमै उथलपुथल ल्याउने यति ठूलो निर्णय

प्रचण्डलाई कुर्दै एमाले नेताहरु, बाम गठबन्धन भित्र आज हुँदैछ देशमै उथलपुथल ल्याउने यति ठूलो निर्णय 0

नेकपा एमालेले जिल्ला भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिक्षा गरिरहेको छ । चितवनमा रहेका प्रचण्ड आज अपराह्न काठमाडौं फर्किदैछन् ।

उनी फर्किएपछि आजदेखि पार्टी एकता प्रक्रिया अघि बढ्ने भएको छ । त्यसका लागि एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।

प्रचण्ड काठमाडौं पुगिसकेपछि बस्ने बैठकमा सरकार निर्माण र पार्टी एकताबारे ठोस निर्णय हुने अनुमान गरिएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले दुबै दलबाट आजको बैठकको तयारी भइरहेको बताए ।

बैठक बस्ने समय र स्थान तय भइनसकेको भन्दै ज्ञवालीले अपराह्न बैठक बस्ने बताए । ‘बैठकमा दुई पार्टीबीचको एकता, राष्ट्रिय सभा विधेयक र सरकार गठनका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेर निष्कर्षमा पुग्छौं,’ ज्ञवालीले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टी एकता गर्नेगरि वाम गठवन्धन बनाएर चुनावमा भाग लिएका दुई पार्टीबीच चुनाव सकिएपछि संयोजन समितिको बैठक औपचारिक रुपमा बस्न सकेको थिएन ।-dainikonline

यो पनि पढ्नुहोस् :

काठमाडौं – सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५५% नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । टेलिकमको पुस ३० मा एजीएम हुने भएको छ त्यसैले पुस १२ गतेदेखि बुक क्लोज गर्दैछ ।

यस अनुसार बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउने हुँदा पुस ११ गते नै सेयर किनिसक्नुपर्नेछ । टेलिकमले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि दूरसञ्चारले ५१% नगद लाभांश दिएको थियो ।

साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । त्यस्तै चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुत्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites