Loading...
Home / समाचार / रानीपोखरीमा मेयर-उपमेयरको रमिता, भिडियोमा हेर्नुस् यहाँको हाल

रानीपोखरीमा मेयर-उपमेयरको रमिता, भिडियोमा हेर्नुस् यहाँको हाल 0

रानीपोखरी पुनःनिर्माण विवाद चरमोत्कर्षमा पुगेको छ। पछिल्ला दिन रानीपोखरीको पुनःनिर्माण मापदण्डबारे बहस चर्किएको छ।

आज मंगलबार रानीपोखरीमा एकखालको रमिता नै चल्यो। काठमाडौं महानगरपालिका जसले यो पोखरी पुनःनिर्माण गर्दैछ, उही निकायका प्रमुख र उपप्रमुखले पोखरीमा पुगेर परस्पर उल्टो अभिव्यक्ति र व्यवहार उतारे। एकै कार्यालयका दुई प्रमुख–उपप्रमुखको रवैयाले देखाउँथ्यो त्यो कार्यालयमा सहकार्य र आपसी तालमेल हैन चर्को राजनीतिक हानथाप चल्छ।

उपमेयर हरिप्रभा खड्गी मंगलबार रानीपोखरी पुगिन् र आफ्नै कार्यालय महानगरपालिकाविरूद्ध अभिव्यक्ति दिइन्। पुरातत्व विभागसँग समन्वय नगरि निर्माण गरिएको भन्दै निर्माण रोक्नु पर्ने उनले मिडियामै बोलिन्।

उपमेयर खड्गी पुरातत्वविद् र पोखरीसँग सरोकार राख्ने संस्था र व्यक्तिहरूसँग पुगेकी थिइन्। उनी फर्के लगत्तै पुग मेयर विद्यासुन्दर शाक्य। उनी नगर प्रहरीसहित पुग्दा गेटमै लागेको तालाले रोकिए। आदेश दिए ताला तोड्न र उपमेयर खड्गीलाई त्यहीँबाट मोवाइलमा फोन गरेर ताला लगाएकोबारे जानकारी मागे। खड्गीले ताला लगाएकोबारे आफूलाई जानकारी नभएको बताइन्।

मेयर र उपमेयरबीचको यो तहको बेमेलका पछाडी फरक राजनीतिक दल र अडान मुख्य कारण हो। शाक्य एमाले र खड्गी नेपाली कांग्रेसबाट गएको स्थानीय चुनावमा विजयी भएका हुन्।

रानीपोखरीको चारैतिर कंक्रिटको पर्खाल उठाउने काम चलिरहेको छ। पोखरीको पानी छेकिने भित्तो कंक्रिटको बनाउन नहुने पुरातत्वविद्को तर्क छ। पोखरीमा पहिले भएजस्तै कालो माटोकै भित्तो हुनुपर्ने अडान छ। पोखरीको बीचमा रहेको मन्दिर पनि पहिलेकै ढाँचा र पुरातात्विक मापदण्ड अनुसारकै निर्माण सामग्रीबाट बनाउन पुरातत्व विभागको निर्देशन छ। मन्दिरमा छड र ढलान गरेर खडा भएका पिलर भत्काएर पुरातत्वले भने अनुसारकै निर्माण थालिएको छ। तर पोखरीको चौतर्फी भित्ताहरू भने कंक्रिटकै निर्माण हुँदैछ।

हेर्नुस् भिडियोः

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites