Loading...
Home / समाचार / स्याङजाबाट आयो नेताहरु हानाहान गरेको खबर , गम्भीर घाइते हेलिकप्टरबाट काठमाडौ ल्याउदै

स्याङजाबाट आयो नेताहरु हानाहान गरेको खबर , गम्भीर घाइते हेलिकप्टरबाट काठमाडौ ल्याउदै 0

कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

सभापति देउवा पक्षका कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएको कांग्रेसका स्थानीय सुशील काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरूमा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले रहेका छन् । कांग्रेसको क्षेत्र भनेर चिनिने स्याङजामा चुनावी नतिजा राम्रो हुन नसकेपछि एक अर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल भएको उनले बताए ।

घाइते हुने भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको बताइएको छ । क्षेत्र नम्बर एकमा १० हजार मतले कांग्रेस पराजित भएको थियो भने क्षेत्र नम्बर दुईमा ३७ सय मतले उपप्रधान एवं शिक्षा मन्त्री

गोपालमान श्रेष्ठले पराजय भोगेका थिए ।बैठकमा तान्त्रिक पक्षले संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहयोग नगरेको आरोपमा यो घटना घटेको घाइते काफ्लेले जानकारी दिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites