Loading...
Home / समाचार / दाहालसँग छलफल सकिएको ४५ मिनेटपछि ओलीले यादवलाई टेलिफोन किन गरे !

दाहालसँग छलफल सकिएको ४५ मिनेटपछि ओलीले यादवलाई टेलिफोन किन गरे ! 0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेलगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबिच टेलिफोन वार्ता भएको छ ।  पार्टी एकता र नयाँ सरकार गठनका विषयमा आफनै  निवास बालकोटमा दाहालसँग छलफल सकिएको ४५ मिनेटपछि ओलीले यादवलाई टेलिफोन गरेका हुन् ।

नयाँ सरकार गठनमा निर्णायक देखिएको संघीय फोरमलाई एमाले र माओवादी दुवै आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले १६ सांसद रहेको संघीय फोरम देखाउँदै एक अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ।

ओलीले संघीय फोरम अध्यक्ष यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र संघीय फोरम दुवै स्रोतले पुष्टि गरेको छ । ओलीनिकट नेताले भने संसदमा निर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जो कसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली यादव भेटको बचाउ गरे ।

‘ओली र यादवको शनिबारयता तीन पटक कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले माओवादीकै बन्ला तर दुवै पार्टीले संघीय फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’

प्रचण्डले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।

सिंहदबार यात्रामा बाबुरामको पनि कसरतः
नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाईस्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites