Loading...
Home / समाचार / किन निर्मल शर्मा कारबाहीको माग राख्दै आक्रोशित

किन निर्मल शर्मा कारबाहीको माग राख्दै आक्रोशित 0

गैंडा नामले दर्शक माझ परिचित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा दिनमा कम्तीमा एउटा स्टाटस पोस्ट गर्छन् । विभिन्न बिषयहरु माथी शर्मा आफे स्टा्स मार्फत बोली रहेका हुन्छन् ।
अहिले बजारमा च्याउसरी उम्रिएका युवट्युवेहरुले पत्रकारिताको नाममा र कलाकारहरुले चर्चाको लागि बोल्नै नहुने कुराहरु बोल्न थालेपछि कलाकारहरुको मान मर्यादामा ठूलो असर पारी रहेको भन्दै कलाकार तथा पत्रकारहरुलाई शर्माले स्टाट्स मार्फत सामाज प्रतिको उत्तरदायितव सम्झन शर्माले आग्रह गरेका छन् ।

बिशेषगरी कलाकार संघको सदस्य समेत रहेका निर्मल शर्माले संघ प्रति नै आक्रोश पोखी रहेका छन् ।
शर्मा लेख्छन् आदरणीय कलाकार संघ,

– कलाकार दिपक क्षेत्री ज्यू लाई केहि गरौं भनेर फेसबुकमा लेखे, दावित्व संघको थियो, कानमा तेल हालेर बस्नुभयो, बाध्य भएर चलचित्र पत्रकार संध को सहकार्यमा संसार भर बाट सहयोग आयो, हाल उहाँ ठिक हुनुहुन्छ,

– भर्खरै छक्का पन्जा र नायिका ऋचा शर्मा बिचको सामाजिक संजाल को लफडामा तपाई संघको नाताले के गर्नु भयो रु

– भर्खरै फिल्म गित रिलिज कार्यक्रममा लगभग दुई नग्न महिला बिकनी मै लिएर नायक हलमा उपस्थित भए, के हामी त्यति धेरै आधुनिक भैसकेको छौ र रु तपाईहरुले के गर्नु भयो रु

– बजार भरी छाडा र अश्लील युट्युव च्यानल हरुको बिगबीगीले लाग्छ हामी रेड लाईट क्षेत्रमा काम गर्नै बर्ग हौ भन्ने महसुस हुन्छ, यस बिषयमा तपाईहरुले के गर्नु भयो ?

कलाकार संघ भनेको बिशुद्ध कलाकार को हितमा हुनुपर्ने हैन, लफडा गर्ने कलाकारलाई चेतावनी दिने, नसीहत दिने, आचार संहिता बनाएर पालना गराउनु पर्ने हैन ? सुन्दर समाज निर्माण गर्नु पर्ने हैन ? तपाई हरु त उल्टै मलाई पो कारबाही गर्नुपर्छ भन्नु हुन्छ रे ? के यो देशमा कानुन, समाज अनी सवै अवलोकन गरिरहेका जनता छैनन र ?  मलाई आजीवन कुनै पद र राजनैतीक नियुक्ती चाहिदैन तर तपाईहरु आफ्नो दावित्व पुरा गर्नुस्, मलाई सम्मान पनि परेन, कहिको निम्ता पनी परेन |

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites