Loading...
Home / भिडिओ / ग्राहक बनेर पत्रकार पुग्दा मेडिकलमा देखियो यस्तो हर्कत, केहीबेरमै प्रहरीले गर्यो सटर डाउन (भिडियो)

ग्राहक बनेर पत्रकार पुग्दा मेडिकलमा देखियो यस्तो हर्कत, केहीबेरमै प्रहरीले गर्यो सटर डाउन (भिडियो) 0

काठमाडौं । राजधानीका ठूला अस्पतालको आडैमा रहेको फार्मेसीमा लापरवाहीको एउटा चरम नमूना फेला परेको छ । बाँसबारीमा गंगालाल ह्दयरोग केन्द्र, न्यूरो अस्पताल र वेलनेस अस्पतालको नजिकै रहेको वियंका फार्मेसीमा खुल्लामखुल्ला म्याद गुज्रिएका औषधी बिक्री वितरण हुने गरेको पाइएको छ । एक पटक हैन बारम्बार म्याद गुज्रिएको औषधी फार्मेसीले दिएको भेटियो । आज प्रहरीले सो फार्मेसी सिल गरेर संचालकलाई हिरासतमा राखेको छ ।

तत्कालै प्रहरीमा खबर गरेपछि प्रहरी टोली फार्मेसीमा आयो । प्रहरीमा खबर गरिरहदा फर्मेसी संचालकले म्याद गुज्रेका औषधी लुकाउने प्रयास गरेका थिए ।

म्याद गुज्रिएको औषधी खाएर बिरामी परेकी एक ग्राहकसँग डिसी नेपाल टिम फार्मेसीमा पुगेर औषधी माग्दा पुनः म्याद गुज्रिएकै औषधी हात पर्यो । त्यो क्षण गोप्य रूपमा भिडियोमा उतारिएको थियो । तत्कालै प्रहरीमा खबर गरेपछि प्रहरी टोली फार्मेसीमा आयो । प्रहरीमा खबर गरिरहदा फर्मेसी संचालकले म्याद गुज्रेका औषधी लुकाउने प्रयास गरेका थिए ।

पीडितले आफूलाई फार्मेसीले म्याद गुज्रिएका औषधी पटक पटक दिएको भन्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएपछि फार्मेसी संचालकलाई प्रहरीले हिरासतमा राखेको छ । यसप्रकारको छानबिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भए पनि आज सार्वजनिक विदा रहेकोले भोलि औषधी व्यवस्था विभागलाई नबुझाउँदासम्मका लागि फार्मेसी संचालकलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । भोलि कार्यालय समय भएपछि जफत गरिएका औषधी र प्राप्त अन्य प्रमाणसहित कारबाहीका लागि औषधी व्यवस्था विभागलाई बुझाइने प्रहरीले जानकारी दिएको छ ।

बुढानिलकण्ठ बस्दै आएकी अर्चना तिवारीलाई फार्मेसीले म्याद गुज्रिएको औषधी दिएको फेला परेको थियो । एक साताअघि हड्डीसम्बन्धी समस्या भएर बाँसबारी सल्लाघारीको वेलनेस अस्पतालमा जाँच गराएकी तिवारीले डाक्टरको प्रेस्क्रिप्सन लिएर अस्पताल नजिकै रहेको वियंका फार्मेसीमा पुगेकी थिइन् । त्यहाँबाट औषधी लिएर नियमित सेवन गरिरहेकी तिवारीलाई बान्ता हुने, ज्वरो आउने समस्या भएपछि उनले औषधी राम्रोसँग जाँच गर्दा म्याद गुज्रिसकेको पाइएको थियो ।

लगत्तै फार्मेसीमा जाँच गर्दा अन्य औषधी पनि म्याद गुज्रिएका भेटिएका छन् । प्रहरीले ती सबै म्याद गुज्रिएका औषधी जम्मा गरी फार्मेसी सिल गरेको छ ।

आज (मंगलबार) बिहान समेत सोही फार्मेसीमा उही ‘न्यूरोबियन फोर्ट’ नाम गरेको औषधी लिन गएकी तिवारीलाई दोस्रो पटक पनि फार्मेसीले म्याद गुज्रिएकै औषधी दिएको थियो । आज बिहान डिसीनेपाल प्रतिनिधिको साथमा फार्मेसी पुगेकी तिवारीलाई दिइएको औषधी म्याद गुज्रिएको पाइएपछि डिसीनेपालले नै प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीलाई खबर गरिएपछि फार्मेसीमा भएकी मञ्जु गिरीले त्यहाँ भएका अन्य म्याद गुज्रिएका औषधी लुकाउने प्रयत्नसमेत गरेकी थिइन् । उनले यसो गरिरहँदा फार्मेसी संचालक विनायक श्रेष्ठ भने फार्मेसीमा आएकै थिएनन् । गिरीको औषधी लुकाउने प्रयत्नले त्यहाँ अन्य औषधीहरु पनि म्याद गुज्रिएको जान्दा जान्दै बिक्रीका लागि राखिएको प्रस्ट हुन्थ्यो । तर उनी आफूले भने पटक पटक थाहा नभएर म्याद गुज्रिएका औषधी बेचिएको भनिरहेकी थिइन् ।

एलिसाको नाममा फार्मेसीले औषधी बिक्री गर्नको लागि इजाजत मात्र लिएको खुलेको हो । उनको नाममा प्रक्रिया पुर्याउनको लागि मात्र दर्ता गरिएको खुलेको छ ।

फार्मेसीले म्याद गुज्रिएको औषधी बिक्री गरेको थाहा पाएपछि यसबारे बुझ्न डिसीनेपाल प्रतिनिधि ग्रहककै रुपमा फर्मेसी पुगेका हुन् । फार्मेसीले दिएको औषधी म्याद गुज्रिएको पाइएपछि यसबारे प्रश्न गर्दा फार्मेसीमा रहेकी मञ्जु गिरीले ‘झुक्किएको’ स्पष्टीकरण दिइन् । लगत्तै फार्मेसीमा जाँच गर्दा अन्य औषधी पनि म्याद गुज्रिएका भेटिएका छन् । प्रहरीले ती सबै म्याद गुज्रिएका औषधी जम्मा गरी फार्मेसी सिल गरेको छ ।

बाँसबारीमा रहेको यो फार्मेसी हालै संचालनमा आएको बताइएको छ । बिहान औषधी किन्न जाँदा भेटिएकी गिरीले आफ्नो सिएमएको योग्यता भएको बताएकी छिन् । फार्मेसीको स्वामित्व विनायक कुमार श्रेष्ठको नाममा छ । फर्मेसीमा औषधी बिक्री वितरणका लागि फार्मेसिस्ट एलिसा भण्डारीलाई औषधी व्यवस्था विभागले अनुमति दिएको छ । तर, अनुमति प्राप्त व्यक्ति एलिसा राजधानी बाहिर कार्यरत छन् ।

एलिसाको नाममा फार्मेसीले औषधी बिक्री गर्ने अनुमति पाएको कागजात भेटिएपछि फार्मेसी संचालक विनायक श्रेष्ठलाई सोध्दा एलिसा बुटवलमा रहेको बताएका छन् । एलिसाको नाममा फार्मेसीले औषधी बिक्री गर्नको लागि इजाजत मात्र लिएको खुलेको हो । एलिसाले आफ्नो योग्यताको प्रमाणपत्रबाट फार्मेसीलाई इजाजत दिलाइ आफू आफ्नो काममा गएकी हुन् । उनको नाममा प्रक्रिया पुर्याउनको लागि मात्र दर्ता गरिएको र उनी फार्मेसीमा नरहने गरेको खुलेको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धानको लागि औषधी व्यवस्था विभागमा पठाइने बताएको छ । आज विदा भएकोले फार्मेसी संचालक विनायक कुमार श्रेष्ठ र औषधी बिक्री गर्ने मञ्जु गिरीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा हिरासतमा राखिएको छ । पीडित तिवारीले प्रहरीमा कारबाहीको लागि लिखित निवेदन दिएकी छिन् । आज गाईजात्राका कारण सार्वजनिक विदा भएकोले यसबारे भोलिमात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जानकारी दिएको छ ।

भिडियोः

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites