Loading...
Home / समाचार / नाक, कान, घांटीको रोगबाट कसरी बच्ने ?

नाक, कान, घांटीको रोगबाट कसरी बच्ने ? 0

नाक, कान,घाँटी रोग भनेको के हो ?

नाक, कान, घाँटी रोग बारे कुरा गर्नु पर्दा हामी नाक, कान, घाँटीलाई भिन्न–भिन्न रुपमा डिल गर्छौ । यी रोगहरु एक अर्का सँग निकट रहने भएपनि एउटै भने होइनन् । नाकमा रुघा लाग्दा त्यसले कानमा असर पु¥याउन सक्छ तर नाकमा लाग्ने रोग, कानमा लाग्ने रोग र घाँटीमा लाग्ने रोगहरु र यसको उपचार विधि फरक–फरक हुन्छन् । यहाँ हामी क्रमस व्याख्या गर्नेछौं । शुरु गरौं कानमा लाग्ने रोगबाटः–

कानमा लाग्ने रोगहरुमाः

कान दुख्ने, कान पाक्ने (कानबाट पिप आउने रकान नसुन्ने मुख्यगरी यी तिनवटा नै हो । कान दुख्नुका धेरै कारणहरु हुन्छ । जस्तै हामीलाई धेरै रुघालागेमा, कानमा कुनै इन्फेक्शन भएर ढुँसी लागेमावाकानमा चोटपटक लागेका कान दुख्न सक्छ । अर्को कानबाट पानी आउने रोग–कानको जाली फुटेमा कानबाट पानी आउँन सक्छ । र कानको जालीमा (कानको माथिल्लो भाग) एक प्रकारको हड्डीखाने रोग हुन्छ । त्यसलाई हामी मेडिकलको भाषमा ‘अनसेभ डिडिज’ भन्छौं । हो त्यो रोग लाग्यो भने पनि कानबाट पिप आउन सक्छ । कानबाट पिप आयो भने यो ब्रेनमाजान सक्छ । कानबाट गनाउने पिपआयो भने तुरुन्त डाक्टरकोमा जानुपर्छ । कानबाहिरी कान, मध्यमकान र भित्री कानगरि तीन भागमा बाँडिएको हुन्छ । बाहिरी कानको रोगहरुमा–कानदुख्ने, कानमा घाउँ आउने (कान मापिलो आउने, कानमा ढुँसी लाग्ने रोगहरु हुन्छन् । मध्यकानको रोगहरुमा–कानको जाली फुट्ने, हड्डीखाने रोगहरु हुन्छन् । भित्रीकानको रोगहरुमा– नसाकमजोर हुने, चक्कर लाग्ने, बुढेसकाल लाग्दै गए पछि कान नसुन्ने हुने रोगहरु हुन्छन् ।

नाकको रोगहरुमाः

नाकबन्दहुने, धेरै छिउँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउँने, नाकमा मासु पलाउने, सास फेर्न गारो हुँने, गन्ध थाहा नपाउने रोग हुन्छ ।

घाँटीको रोगहरुमाः

घाँटीमा टन्सील हुन्छ । यो भयो भने घाँटी दुख्छ । थुकनिल्न गारो हुन्छ । जरो आउँछ । कहिले काहीँ बोल्ने नलिमा सानातिनाफोकाहरु आउँन सक्छ । यसलाई हामी नोडुवल भन्छौं । यो भयो भने स्वर ध्वत्रो हुन्छ । तीनचार हप्तासम्म स्वर ध्वत्रो भएमा तुरुन्त डाक्टरको मा जानुपर्छ । अझ रक्सी, चुरोठ, खैनीखाने मान्छे छ भनेत झनै चाँडो डाक्टरको माजानु पर्दछ । कहिले काँहील्यारेन्स भएर घाँटीको क्यान्सर पनि भएको हुन सक्छ ।

रोगलाई हेलचेक्राई गर्दा के हुन्छ ?

कानको रोगमा कानै नसुन्ने हुन सक्छ । कानबाट माथि इफेक्शन भएर ब्रेनमा पनि जान सक्छ । मेनेन्जाइटिस ब्रेनमा पिप जम्मा हुने हुन सक्छ ।

नाकको रोगमा धेरै रगत जाने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा, ब्रेन हुन्छ त्यो त्यताजान सक्छ । घाँटीको रोगमाटन्सीलहरु भइरहेमा बिरामीलाई एकदमै दुख्ने गारो हुने हुन्छ । कतिपय टन्सीलले मुटुमा पनि असर पु¥याउन सक्छ । तीन हप्ताभन्दा बढि स्वर बसेमा, खोक्दा रगत आएमा, चुरोत, खैनीखाने मान्छे छ भने भित्री घाँटीमा क्यान्सर भैसकेको हुन सक्छ ।

त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्राई गर्नु हुदैन । तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्दछ ।

यी रोगहरुबाट बच्न के गर्नु पर्दछ ?

रोगलाग्नु भन्दा यसबाट बच्नु धेरै राम्रो कुरा हो । हामीले थोरै सावधानी अपनउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं । नाक, कान, घाँटी रोगबाट बच्न निम्न उपाएहरु अपनाउन सकिन्छ ।

डा.मिरा बिष्ट

कान रोगबाट बच्नः

१. कानमा पानी नपार्ने ।

२. कानमा तेल नराख्ने ।

३. स्वीमिङ्ग गर्दा वा नुहाउदा ध्यान दिने ।

४. कान नकोट्याउने वा नघोच्ने ।

५. कान दुखेमा हेलचक्राई नगर्ने डाक्टरलाई देखाइहाल्ने ।

नाक रोगबाट बच्न

१. चिसो बाट बच्ने, पानीतताएर खाने ।

२. रुघा लागेमा सिं–सिं नगर्ने सिं सिं गर्दा कानतिर जान सक्छ । जालिमा इन्फेक्सन भएर जालि फुट्ने डर हुन्छ ।

३. हेलचक्राई गर्दा कानको जाली फुट्न सक्छ ।

४. नाकबाट रगत बगेमा डाक्टरको मागइहाल्ने ।

घाँटी रोगबाट बच्न

घाँटीमा केही अड्या जस्तो लागेमा, घाँटी खसखस गरेमा, घाँटी दुखेमा सामान्य रुपमालिनु हँुदैन डाकटरलाई देखाइहाल्नु पर्दछ । विशेषज्ञ डाक्टरको पहुँच छैन भने पनि मेडिकलमै भएपनि देखाइहाल्नु पर्दछ ।

नाक, कान, घाँटीको कुनै पनि रोगलाई समयमै थाहापाए राम्रोसँग उपचार हुन्छ । तर ढिला भएमा जोखिम पनि बढ्छ र रोग निको पार्न पनि गा¥यो हुन्छ ।

उपचार विधी

नाक, कान, घाँटी रोगको उपचार गर्दा धेरै जसो औषधिबाटै रोग निको हुन्छ । औषधिबाट निको नहुने रोग छ भने हामी सल्यक्रियाद्वारा उपचार गर्छौ । यी रोगहरुको ९९ प्रतिशतसम्म नेपालमै उपचार गर्छौं । कुनै कुनै रोगहरु जसलाई नयाँ प्रविधि र सामाग्री प्रयोग गर्नु पर्ने हुन्छ र हामीमा त्यस्तो सामाग्री छैन भने मात्रै बाहिर पठाउँछौं । सल्यक्रिया गरेर कानको हकमा कानको जाली बनाइन्छ । हड्डीखाने रोग छ भने त्यसलाई पनि सल्यक्रिया गरेर निकालिन्छ । नाकको हकमा नाक बाङ्गो छ भने सल्यक्रिया गरेर सिधा बनाइन्छ । मासु पलाइको छ भने इन्डोस्कोपीबाट मासु निकालिदिन्छौं । घाँटीको हकमा टन्सील छ भने वर्षमा १÷२ चोटी आउँछ भने औषधि दिन्छौं । त्यो भन्दा बढि चोटी टन्सील हुन्छ भने सल्यक्रियाद्वारा निकाली दिन्छौं । यसरी निकाल्दा कुनै साइड इफेक्ट गर्दैन । घाँटीमा न्युडल छ भने पहिला हामी भ्वाइस रेष्ट दिन्छौं । त्यस पछि भ्वाइस थेरापी दिन्छौं । त्यतीले पनिनिको नभएमात्यसलाइ सल्यक्रियाद्वारा निकालिदिन्छौं । त्यसै गरी क्यान्सरलाई पनि पहिलो स्टेपमै थाहापाए रेडियो थेरापी दिन्छौं । दोस्रो स्टेपमा पुगिसकेको रहेछ भने सल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।

नेपालमानाक, कान, घाँटीका रोगीहरु एकदम धेरै छन् । नेपालमानाक, कान, घाँटीका विशेषज्ञ जम्मा १५५ छन् (नाक, कान, घाँटी रोग विशेषज्ञहरुको संघमा दर्ता भएको संख्या) । यो संख्या बिरामीको तुलनामा एक दमै थोरै हो । हामीमा जनचेतनाको पनि एकदमै कमी छ । नाक, कान, घाँटी रोगलाई रोगै होइन जस्तो ठानिन्छ । यो गलत कुरा हो । अन्य रोग जस्तै यी रोगहरुपनि मानव स्वास्थ्यको लागि खतरानाकै रोग हो । हेर्दा सामान्य नै लागे पनि यी रोगहरुबाट मानव शरीरलाई हानी पु¥याइरहेको छ । यसर्थ नाक, काम, घाँटी रोगबाट बचौं र बचाऔं ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites