Loading...
Home / समाचार / वैदेशिक रोजगारमा जाँदा यी ६४ जना दलालसँग जोगिनुस (नाम र ठेगानासहित), सेयर गरि सबैलाई जानकारी दिनुहोस

वैदेशिक रोजगारमा जाँदा यी ६४ जना दलालसँग जोगिनुस (नाम र ठेगानासहित), सेयर गरि सबैलाई जानकारी दिनुहोस 0

वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ ।

विभागले प्रहरीलाई बुझाएको ६४ जनाले वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न समेत रहेकको बिभागले जनाएको छ । अहिले ६४ जना दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगेको हो ।

पक्राउ गरि विभागमा बुझाउन पत्राचार गर्दै विभागले महाशाखामा सूचि पठाएको हो । विभागले पत्राचार गर्दा अट्टेर गरेका तथा व्यक्तिगत ठगी गरेका दलाललाई पक्रिन प्रहरीको सहयोग लिइएको विभागका निर्देशक मोहन अधिकारीले बताएका छन् ।

विभागले पछिल्लो तीन महिना अर्थात साउनदेखि यता ६४ जनाको सूचि तयार पारेको थियो । बिभागले प्रहरी सामु पठाएको यी ६४ जना बिभागलाई समेत अटेर गरेर बसेको बिभागले जनाएको छ ।

प्रहरी अपराध महाशाखामा पुगेको उक्त लिस्ट अनुसार अब नेपाल प्रहरीले यी ६४ जनाको खोजि गर्दै पक्राउ गर्नेछ । प्रहरीले पक्राउ गरेपछी बैदेशिक रोजगार बिभागमा लगेर बुझाउनेछ । लगत्तै बिभागले आवश्यक कारवाही गर्नेछ ।

 

हेर्नुहोस् ६४ जना दलालहरुको नाम लिस्ट
सिन्धुपाल्चोकका दिसित खड्का, बेनी एन्जल इन्टरनेशनल प्रा.लिका संचालक अर्जुन प्रसाद कोइराला, निसिखोला-२, बाग्लुङ्गका सूर्या बहादुर छन्त्याल, चौबिसे गाउँपालिका धनकुटाका प्रेम बहादुर गुरुङ्ग, मुरलीभन्ज्याङ्ग धादिङ्गका रुद्र बहादुर गुरुङ्ग, गोरखाका मिस्टर बाबु सुर्खेती, ताप्लेजुङ्गका मन प्रसाद लिम्बु र रौतहटका ललन बैठा रहेका छन् ।

यसैगरी दोलखाका शुर्य बहादुर घर्ति, मोरङ्गका बसन्त बहादुर राइ, ताप्लेजङ्गका सुनिल कुमार श्रेष्ठ, पर्बतका पुयाम बहादुर खत्री, भक्तपुरका अजय तामाङ्ग, मकवानपुरका सरु राना मगर, पर्साका सुरेश पटेल, काठमाडौँका दुर्गा कार्की, काठमाडौँकै शंकर प्रसाद नेपाल, भैसेपाटी ललितपुरका ईन्दिरा शाक्य र गोरखाका सुरज गुरुङ रहेका छन् ।

यसैगरी भोजपुरका कृपा शेर्पा, बर्दियाका अन्जु कुमारी सिङ, काभ्रेका बसन्त तामाङ्ग, पर्बतका श्याम बहादुर क्षेत्री, स्यांग्जाका पुजन कर्माचार्य, पर्साका सुरेन्द्र परेल, सिन्धुपाल्चोकका फुर्वा शेर्पा, काठमाडौँकि जानकी कुमारी अधिकारी, सिरहाका भविन्द्र नाथ लामा र काठमाडौँका बिमल ताम्राकार रहेका छन् ।

यस्तै नवलपरासीका कृष्णलाल सूवेदी, स्यांग्जाका डोलराज काफ्ले, लम्जुङ्गका यमुना गुरुङ, काठमाडौँकै राम बहादुर साह, काठमाडौँकै श्याम श्रेष्ठ, बाराका सुमन नेपाल, सुर्खेतका ओम प्रकाश सापकोटा, सिरहाका साविर मलाङ, भोजपुरका रत्न कुमार राइ र तम्सरिया-५, नवलपरासीका चिन्तामणि महतो रहेका छन् ।

यसैगरी काठमाडौका सुनिल कुमार श्रेष्ठ, सेतिवास गोरखाका दोर्जे र बल बहादुर गुरुङ, घुम्थाङ्ग सिन्धुपाल्चोकका संचे लामा, तार्केस्वर काठमाडौँका प्रभात बिक्रम थापा, डुमरिया सर्लाहीका विकास कुमार ओझा, भोजपुरका कृपा श्रेष्ठ र आबुखैरेनी तनहुँका शखा गुरुङ रहेका छन् ।

यस्तै ओखलढुंगाका सम्मर बहादुर क्षेत्री, इमरुवा सुनसरीका नारायण प्रसाद आचार्य, काठमाडौँकै निलिमा श्रेष्ठ, काठमाडौँकै बिमल ताम्राकार, खिगीदेम्वा ओखलढुंगाका जगत बहादुर तामाङ, भिरकोट गोरखाका यमराज बिष्ट र करुकटुवा सर्लाहीका विजय कुमार गुप्ता रहेका छन् ।

यसैगरी चितवनका निर्मल गुरुङ, कागेश्वरी काठमाडौँका बिनोद फुयाल, धरान सुनसरीका पूर्ण बहादुर राई, रामग्राम नवलपरासीका भवेश ज्ञावाली, काठमाडौँका भुषण कुमार श्रेष्ठ, शुषनावती रोल्पाका खुम बहादुर केसी, गोदावरी ललितपुरका अनुप सापकोटा, मण्डन काभ्रेका नारायण कुमार श्रेष्ठ, कलैया बाराका नासिर आलम अन्सारी, काठमाडौँकै सुधिर प्रसाद गौतम र महांकाल ७ काठमाडौँकै मिना तामाङ्ग रहेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites