Loading...
Home / समाचार / भरतपुरबाट आयो अर्को दुर्घटनाको खबर ,२४ यात्रु घाइते, अर्को गाडि पनि खस्यो त्रिशूली नदीमा

भरतपुरबाट आयो अर्को दुर्घटनाको खबर ,२४ यात्रु घाइते, अर्को गाडि पनि खस्यो त्रिशूली नदीमा 0

चितवनको भरतपुर महानगरपालिकामा ट्रिपरले यात्रुबाहक बसलाई ठक्कर दिँदा २४ यात्रु घाईते भएका छन् । आँपटारी जंगल नजिक नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्वरको वसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्याङकी आरालोनजिक ठक्कर दिएको थियो ।घाईते मध्ये २ जना गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्रिपरले ठक्कर दिएको वस तल झाडीमा खसेको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । गम्भिर घाइते २ जनाको पूरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । वसका चालक घाइते छन्

ट्रिपरका चालक फरार छन् । उनको खोजी भैरहेको पन्तले बताए ।तस्वीर स्रोत: हुसेन सेन,हिमाल पाण्डेको फेसवुक यो खबर मेरो नबलपरासी बाट साभार गरेका हौ ।

सम्बन्धित समाचार

फेरि अर्को गाडि पस्यो त्रिशूली नदीमा…

कात्तिक १२, धादिङ । त्रिशूली नदीमा फेरी पनि अर्को गाडि खसेको छ । धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको हो ।

शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ । सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites